पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीको अध्यक्षमा सन्तोष पोखरेल निर्वाचित भएका छन् ।
संगठनको शनिबार बिहान सम्पन्न २३ औं जिल्ला सम्मेलनमार्फत पोखरेल सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । अध्यक्षसहित सबै कमिटी नै सर्वसम्मत चयन गरिएको निर्वाचन मण्डलका अध्यक्ष एवं अनेरास्ववियु केन्द्रीय सचिव आशिर्वाद सुवेदीले जानकारी दिए ।
उपाध्यक्षमा कुशल बराल र शिव पराजुली, सचिवमा विजय भुजेल, सहसचिवमा विवेक ओझा, रमिला पौडेल, आशिष बगाले र अर्किड पुरी, कोषाध्यक्षमा रवि क्षेत्री निर्वाचित भए । ४१ सदस्यीय कमिटीमा ३० जना सदस्य पनि निर्वाचित भएका छन् । बाँकी २ जना सदस्य संगठनको बैठकले पछि मनोनित गर्ने नवनिर्वाचित उपाध्यक्ष शिव पराजुलीले जानकारी दिए ।
२०७० सालमा भएको २२ औं सम्मेलनले विवेक देवकोटालाई अध्यक्ष चयन गरेको थियो । त्यसपछि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता भएपछि संगठनको सम्मेलन नियमित हुन सकेन । २०७८ माघमा विवेक देवकोटा नेतृत्वमा अनेरास्ववियु जिल्ला कमिटी कास्कीको भेलाबाट विजय पौडेल नेतृत्वमा अनेरास्ववियु जिल्ला कमिटी आयोजक कमिटी गठन भएको थियो ।
पौडेलको २ वर्षे कार्यकाल सकिएपछि २०७९ माघमा सन्तोष पोखरेल नेतृत्वमा आयोजक कमिटी गठन भयो । पोखरल अध्यक्ष रहने गरी नयाँ कमिटी बनेसँगै अनेरास्ववियु कास्कीले सम्मेलनमार्फत ८ वर्षपछि नेतृत्व पाएको छ ।
२३ औं सम्मेलनका प्रमुख अतिथि संगठनका केन्द्रीय महासचिव नरेश रोकाया थिए । उनले अब विद्यार्थीले गलत प्रवृत्तिविरुद्ध आन्दोलनसँगै रचनात्मक काम पनि गर्नुपर्ने बताए ।



सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन