पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीको अध्यक्षमा सन्तोष पोखरेल निर्वाचित भएका छन् ।
संगठनको शनिबार बिहान सम्पन्न २३ औं जिल्ला सम्मेलनमार्फत पोखरेल सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । अध्यक्षसहित सबै कमिटी नै सर्वसम्मत चयन गरिएको निर्वाचन मण्डलका अध्यक्ष एवं अनेरास्ववियु केन्द्रीय सचिव आशिर्वाद सुवेदीले जानकारी दिए ।
उपाध्यक्षमा कुशल बराल र शिव पराजुली, सचिवमा विजय भुजेल, सहसचिवमा विवेक ओझा, रमिला पौडेल, आशिष बगाले र अर्किड पुरी, कोषाध्यक्षमा रवि क्षेत्री निर्वाचित भए । ४१ सदस्यीय कमिटीमा ३० जना सदस्य पनि निर्वाचित भएका छन् । बाँकी २ जना सदस्य संगठनको बैठकले पछि मनोनित गर्ने नवनिर्वाचित उपाध्यक्ष शिव पराजुलीले जानकारी दिए ।
२०७० सालमा भएको २२ औं सम्मेलनले विवेक देवकोटालाई अध्यक्ष चयन गरेको थियो । त्यसपछि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता भएपछि संगठनको सम्मेलन नियमित हुन सकेन । २०७८ माघमा विवेक देवकोटा नेतृत्वमा अनेरास्ववियु जिल्ला कमिटी कास्कीको भेलाबाट विजय पौडेल नेतृत्वमा अनेरास्ववियु जिल्ला कमिटी आयोजक कमिटी गठन भएको थियो ।
पौडेलको २ वर्षे कार्यकाल सकिएपछि २०७९ माघमा सन्तोष पोखरेल नेतृत्वमा आयोजक कमिटी गठन भयो । पोखरल अध्यक्ष रहने गरी नयाँ कमिटी बनेसँगै अनेरास्ववियु कास्कीले सम्मेलनमार्फत ८ वर्षपछि नेतृत्व पाएको छ ।
२३ औं सम्मेलनका प्रमुख अतिथि संगठनका केन्द्रीय महासचिव नरेश रोकाया थिए । उनले अब विद्यार्थीले गलत प्रवृत्तिविरुद्ध आन्दोलनसँगै रचनात्मक काम पनि गर्नुपर्ने बताए ।



सम्बन्धित खबर
दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण
२४५ जनाको मधुमेह र टिजी जाँच
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ