पोखरामा महिलालाई कुटपिट गरी मोबाइल लुटेर फरार युवक पक्राउ

पोखरामा महिलालाई कुटपिट गरी मोबाइल लुटेर फरार युवक पक्राउ

dipesh

पोखरामा २ महिनाअघि एक महिलालाई कुटपिट गरी नगदसहित मोबाइल लुटेर फरार भएका एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा १८, गुफाडाँडामा एक महिलालाई कुटपिट गरी लुटपाट गरेर फरार भएका उनलाई घटनाको २ महिनापछि मात्र प्रहरीले पक्राउ गर्न सकेको हो । पक्राउ पर्नेमा धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा १० डुंगे घर भएका २५ वर्षीय दीपेश गुरुङ भन्ने सन्तबहादुर मगर हुन्।

उनले गत जेठ ५ गते राति १० बजेको समयमा ती महिलालाई फलामको हथौडा र चक्कू समेत प्रयोग गरी टाउकाको विभिन्न भाग, दायाँ आँखामा प्रहार गरी मरणासन्न अवस्थामा पु-याएर झाँडीमा फालेको प्रहरीसँग प्रारम्भिक अनुसन्धानमा स्वीकारेका छन ।

साथै उनले महिलाको साथमा रहेको ४ हजार नगद र मोबाइल समेत लुटेर भागेकोमा प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले साउन ७ गते उनको घर बेनीघाटबाट पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट कुटपिट तथा अंगभंग सम्बन्धी कसूर मुद्दामा ७ दिनको म्याद थपगरी अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds