पोखरा । पोखराको सिर्जनाचोकमा हालै खुलेको पोखरा फुटवेयर बिजनेस सेन्टर बन्द भएको छ । नेपाली जुत्ता घर नाम दिएर १० जुत्ता उत्पादक कम्पनीले खोलेको सेन्टर मंगलबार पोखरा महानगरले बन्द गराएको हो ।
पोखरा महानगरका नगर प्रहरी इन्चार्ज पुरुषोत्तम थापाले व्यवसाय इजाजत नलिई सञ्चालन भएकाले सो रुम बन्द गराइएको जानकारी दिए । उनी भन्छन्, ‘व्यवसाय इजाजत नलिई चलेकाले आज बन्द गराएका हौं । स्थानीय सरकारबाट इजाजत लिएपछि उहाँहरुले फेरि व्यवसाय खोल्न सक्नुहुन्छ ।’
नगर प्रहरी इन्चार्ज थापा महानगरभरी व्यवसाय दर्ता नभएकालाई दर्ता गराउन र दर्ता भएकालाई नवीकरण गराउन आग्रह गर्दै अनुगमन भइरहेको बताउँछन् । गत शुक्रबाटबाट गण्डकी प्रदेशका कृषि, भूमिव्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले सोरुम उद्घाटन गरेका थिए ।
नेपाल जुत्ता घर सञ्चालनमा आएको घरको नक्सापाससमेत छैन । केही दिनअघि जुत्ता व्यवसायी संघ कास्कीले रुद्र न्यौपानेको समूहले सोरुमको नाममा जुत्ता सेल मेला गर्न खोजिएको भन्दै आपत्ति जनाएको थियो । १० सोरुम भनिए पनि नेपाल जुत्त घरभित्र पार्टेसन छैन । सबै एउटै पसल जस्तो देखिन्छ ।
शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सनका जुत्ताका फरक फरक सोरुम त्यहाँ रहेको सञ्चालकको दाबी छ । सेन्टरमा करिब १ करोड रुपैयाँ लगानी भएको रन सुजका बजार व्यवस्थापक सीताराम नेपाल बताउँछन् । एउटा सोरुम वडा कार्यालयमा दर्ता भइसकेको र बाँकी सोरुमहरु दर्ता प्रक्रियामा हुँदा महानगरले बलजफ्ती पूरै भवन बन्द गराएको उनको आरोप छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ