जंगली च्याउ खाँदा नवलपुरमा दुई जनाको मृत्यु

जंगली च्याउ खाँदा नवलपुरमा दुई जनाको मृत्यु

chyau

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ ।

बौदिकाली गाउँपालिका–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरीका अनुसार उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका थिए ।

जङ्गली च्याउ खाएपछि बिरामी भएका लिला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । मंगलबार राति उमाकुमारीको अस्पतालमा नै मृत्यु भएको हो भने लिलालाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि मङ्गलबार राति घरमा मृत्यु भएको जनाएको छ ।

जङ्गली च्याउ खाएर बिरामी भएका अन्य तीनजना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि निको भएर घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ