पोखरा । अनेरास्ववियु, कास्कीको सहसचिव घाेषणा गरिएका विवेक ओझाले संगठनलाई विधान र प्रक्रिया सम्झाउँदै पद अस्वीकार गरेका छन् ।
यहि साउन ५ गते अनेरास्ववियु जिल्ला कमिटी कास्कीको सम्पन्न अधिवेशनले विधान र प्रक्रिया विपरित कमिटी घोषणा गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् । अधिवेशनमा परेको उम्मेदवारीमा निर्वाचन हुनुपर्नेमा अध्यक्ष मण्डलले आफूखुसी कमिटीको घोषणा गरेको उनको आरोप छ ।
उपाध्यक्षमा एक मात्र उम्मेदवारी आफ्नो परेको र छलफलका नाममा अध्यक्ष मण्डलले सचिवमा उम्मेदवारी परेका २ जनालाई उपाध्यक्षमा घोषणा गर्नु विधान विपरित रहेको भन्दै पद अस्विकार गरेका हुन् ।
उनले लेखेका छन्ः ‘अनेरास्ववियुको विधान अनुरुप १० पालिका, २५ स्ववियु हुने क्याम्पस र १०० मावि रहेका ९ सदस्यीय कमिटी बनाउन मिल्ने प्रावधान रहेको छ । तर यो प्रावधान अनुरुपको मापदण्ड कास्कीमा मेल खाँदैन । प्रावधान अनुसार ७ सदस्यीय कमिटी बन्नुपर्ने थियो । प्रक्रियालाई मान्ने हो भने अन्य कोही पनि उम्मेदवारी दर्ता नगरिएको उपाध्यक्ष पदमा मेरो स्वतः घोषणा हुनुपर्ने थियो । तर अध्यक्ष मण्डलले उपाध्यक्ष पदमा सचिवका दुई आकांक्षीलाई राखेर मलाई सहसचिवमा राखि ९ सदस्यीय कमिटी घोषणा विधान सम्मत पनि छैन । अन्त्यमा विद्यार्थी आन्दोलनको यात्रामा मेरो पाइला राकिएको छैन । विधान र प्रक्रिया विपरित घोषणा गरिएको कमिटीमा मलाई दिएको सहसचिवको जिम्मेवारीलाई वहन गर्न असमर्थ रहेको जानकारी गराउँदै राजिनामा दिएको जानकारी गराउँदछु ।’

सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो