शनिबार रातिको अबिरल वर्षाले यस वर्ष पनि पोखराका सडकमा भ्वाङहरु परेको छ । पोखरामा वर्षा हुनेबित्तिकै जमिन भासिने चिन्ता हुन्छ । अविरल वर्षाका कारण पोखरा महानगरपालिका १६ स्थित डाँडाथोक मार्गमा सडकमै ठूला ठूला भ्वाङ परेको छ ।
शनिबार दिउँसैदेखि परेको वर्षाले सडक भासिन पुगेको हो । सडक भासिदा ग १ ख ५५०१ नम्बरको टिप्परसमेत खाल्डोमा परेको छ । भ्वाङ पुर्न पुगेको टिप्परको पाङ्ग्रा नै भ्वाङमा फस्न पुगेको हो ।
सडकमै भ्वाङ परेपछि बस्ती नै जोखिममा परेको भन्दै स्थानीय त्रसित छन् । राति ११ बजेसम्मै स्थानीय मिलेर पानी तर्काएपनि पछि भासिएकाे हाे । भ्वाङ परेको स्थान नजिकै ठूला घरहरु छन् ।
पछि डाेजर लगेर भ्वाङ खाेतल्दा घरकाे जगसम्मै खाडल परेकाे भेटियाे । अहिलेसम्म यस्ताे घटना नभएकाे स्थानीय बताउँछन् ।

२०७० सालमा पोखराको अर्मलास्थित ठुलीबेसीफाँटमा एकाएक जमिन भासियो । त्यसअघि पनि पोखरामा बर्सेनि जमिन भासिन्थ्यो । पोखरा शहरको मध्यभागमै जमिन भासिन्थे । तर, साना भ्वाङ पर्ने हुनाले खास चर्चाको विषय हुँदैनथ्यो । अर्मलामा भने निकै ठूला भ्वाङ परेको थियो ।
पोखरा नगर क्षेत्र र आसपासका अधिकांश स्थानका जमिन कमजोर रहेको विभिन्न अध्ययनले देखाएका छन् पोखराको जमिनमुनि कमेरो माटो छ । बर्षामा कमेरो माटो बगेर जाने गर्छ । आकाशको पानीले निकास नपाउनु तथा घरको छतको पानीको उचित व्यवस्थापन नहुनु पनि जमिन भासिनुको कारण भएको विज्ञ बताउँछन् । भू–बनावटको ख्यालै नगरी निर्माण गरिएका भौतिक संरचनाका कारण जमिन भासिएको उनीहरुको भनाइ छ ।
दुई वर्षअघि धेरै ठाउँमा जमिन भासिए । पोखराको खानेपानी विस्तारका क्रममा सडक नाला खन्नु प्रमुख कारण रह्यो । पोखरा छोरेपाटन स्थित गुप्तेश्वर महादेव गुफा माथिका बस्ती झनै खतरनाक रहेको विज्ञहरुको भनाई छ । डेभिडफल्स नजिकै बाटोमा गाडी गुड्दा समेत जमिन थर्किन्छ ।





सम्बन्धित समाचारः
पोखरा महेन्द्रपुलको मूख्य सडक भलपानीले भासियो, घरहरु जोखिममा (फोटो/भिडियो)
पोखरा नदिपुरमा जमिन भासियो, तीन घरमा क्षति
निरन्तर वर्षाले पोखरा वडा नं. ५ र १६ का विभिन्न क्षेत्रका जमिन भासियो [तस्वीरहरु]
पोखराको छोरेपाटनमा जमिन भासिदा दुई घर जोखिममा
पोखरामा नगर बस गुड्दा गुड्दै भासिएपछि…
पोखरा चिप्लेढुंगा चोकमै सडक भासियो
पोखराको २ ठाउँमा सडक भासियो, मोहोरियाटोल र फलेपाटन जाने सडकमा भ्वाङ [भिडियो सहित]
पोखरा जिरो किमिमा पानी नपर्दा पनि जमिन भासियो
पोखराको नदीपुरमा मालवाहक ट्रक सडकमा भासियो
सम्बन्धित खबर
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्