पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर २१ देखि पुस १ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को आयोजना गर्ने भएको छ । पोखरा ९, नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा मेला आयोजना हुनेछ ।
संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको मिति घोषणा गरेको हो । अध्यक्ष पवनकुमार प्रजापतिले यसअघिको जस्तै मेला पोखरा र र सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्धेश्यमा समर्पित रहेन बताए ।
लगानीको सम्वर्द्धनः उद्योग ब्यवसायको प्रवर्द्धन भन्ने नारासहित आयोजना हुने मेलाले गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजीे तथा पर्यटकीय सम्भावना उजागर गर्ने उनले बताए । पछिल्लो समय पोखरा अन्तर्राष्ट्रिय सहरको रुपमा विकसित भएको बताउँदै उनले मेलाको स्वरुप परिमार्जन गरी सहर सुहाउँदो बनाइने उनको भनाइ थियो ।
अघिल्लो मेलाबाट १३ लाख बचत
संघले गएको मंसिर १६ देखि २५ गतेसम्म आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट १३ लाख ४० हजार ६२६ रुपैयाँ बचत भएको जनाएको छ ।
विभिन्न शीषर्कबाट १ करोड २० लाख ३१ हजार ५८६ रुपैयाँ आम्दानी हुँदा १ करोड ५ लाख ९० हजार ९६० रुपैयाँ खर्च भएको अध्यक्ष प्रजापतिले बताए । मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यले जानकारी दिए ।
महासचिव बलराम आचार्यका अनुसार संघले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराको शिक्षा,स्वास्थ्य र पर्यटन र कृषि क्षेत्रको विकासमा गर्दै आएको योगदानलाई पनि निरन्तरता दिनेछ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह