पोखरा । मनसुन कप डबल्स टेनिस प्रतियोगिताको उपाधी धरमसिंह लामिछाने र केबी तामाङ्गको जोडीले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नविन श्रेष्ठ र इन्द्र गुरुङ्गको जोडीलाई पराजित गर्दै धरम जोडीले उपाधी रक्षा गरेको हो ।
पहिलो सेटको खेल सुपरटाईमा ८–१० पराजित भएको धरम जोडी दोश्रो र तेश्रो सेटमा उत्कृष्ट कमब्याक गर्दै खेल आफ्नों पक्षमा पार्न सफल भए । धरम जोडीले दोश्रो सेटमा ६–० को सहज जित निकाले । तेश्रो सेटको नजिता सुपर टाईमा १०–४ ले निकाल्दै यो जोडीले खेल आफ्नों पक्षमा पारेको हो । प्रतियोगितामा राज गुरुङ्ग इनर्जेटिक खेलाडी घोषित भए ।
विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक विरेन्द्र लामा, खेलाडी तथा आयोजक संस्थाका सल्लाहकार गोपी भट्टराई लगायतले पुरस्कार प्रधान गरेका थिए । समारोहमा बोल्दै प्रमुख अतिथि कायस्थले पोखरामा सञ्चालन हुने यस्तै प्रतियोगिताहरुले यहाँ उत्कृष्ट खेलाडी उत्पादनमा सहयोगी भएको बताए । चाइनामा हुने एशियाडका लागि छानिएका पोखरेली दुई खेलाडी तालिमका लागि अभिषेक बाँस्तोला स्पेनमा तथा प्रदीप खड्का बैङलोर गएको जानकारी दिए ।
कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष राजु गुरुङ्गको अध्यक्षमा भएको कार्यक्रम आयोजक समितिका उपाध्यक्ष नविन चालिेले कार्यक्रम सञ्चालन गरेका थिए । टेनिस प्रतियोगिता व्यवस्थापन गरेका संघका सहयोगी निर्मल मगरलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सम्बन्धित खबर
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ