सुनचाँदी कतिमा हुँदैछ कारोबार?

सुनचाँदी कतिमा हुँदैछ कारोबार?

silver-gold

पोखरा । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन एक लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुन एक लाख ११ हजा ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि शुक्रबार छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहँदै शुक्रबार जस्तै १४ सय २५ रुपैयाँमामा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds