पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटकीय विकास महानगरपालिकाको प्राथमिकतामा रहेको जनाएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको २८ औं वार्षिक साधारणसभामा शुक्रबार उनले पूर्वाधार विकाससँगै पर्यटकको बसाइ लम्ब्याउने गरी अघि बढ्नुपर्ने विचार राखे ।
पर्यटनका क्षेत्रमा नाट्टाले गर्दै आएको योगदान प्रशंसनीय भएको उनको भनाइ छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न महानगरपालिका र गण्डकी प्रदेश सरकारका तर्फबाट माग भइसकेको जनाउँदै उनले सन् २०२३ भित्रमा पर्यटनको राजधानी घोषणा हुने विश्वास व्यक्त गरे ।
नाट्टा गण्डकी प्रदेश अध्यक्ष हरिराम अधिकारीले पर्यटन प्रवद्र्धनका क्षेत्रमा नाट्टा निरन्तर लागेको जनाउँदै पोखराका पर्यटकीय गन्तव्यलाई सूचीकृत गर्नुपर्ने आवश्यकता औँल्याए । भारतीय मुद्रा सटहीमा देखिएको समस्याका कारण पोखरा आउने भारतीय पर्यटक समस्यामा परेको र यसले समग्र पर्यटनमा असर पारेको भन्दै उनले यस समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा जोड दिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले निर्माणाधीन पोखरा–मुग्लिन सडकको अवस्थाका कारण पर्यटक समस्यामा परेको जनाउँदै उक्त निर्माण कार्यलाई चाँडो सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने बताए । भारतीय मुद्रा सटहीमा देखिएको समस्याका कारण भारतीय पर्यटक गुमाउनु परेकोतर्फ गम्भीर बन्नुपर्ने उनले औंल्याए ।
कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त प्रमुख नवीन पोखरेल, पोखरा ६ का वडाअध्यक्ष विष्णुबहादुर भट्टराई, वासु त्रिपाठी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी लगायतले पोखरामा पर्यटकको बसाइ लम्ब्याउने तरवरबाट पर्यटकीय विकास गर्न लाग्नुपर्नेमा जोड दिएका छन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो