पोखरा । जापानी फुटबल प्रशिक्षक इतारु कातोले पोखराका विद्यार्थीलाई फुटबल प्रशिक्षण गराएका छन् । गण्डकी विश्वविद्यालयको आयोजनामा जापानी फुटबल प्रशिक्षक इतारुले करिब ६० जना विद्यार्थीलाई दुई दिन प्रशिक्षण गराएका हुन् ।
इतारुले गण्डकी विश्वविद्यालय र अन्य ७ विद्यालयका विद्यार्थीहरुलाई शनिबार र आइतबार फुटबल प्रशिक्षण गराएका हुन् । प्रशिक्षक इतारुले शनिबार अवलोकन र अभ्यास, आइतबार फुटबलका सैद्धान्तिक प्रशिक्षण गराएका हुन् ।
गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम)को अध्यापन भइरहेको छ ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ ।
यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।
विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) कार्यक्रमका संयोजक मधुसुदन सुवेदीले बताए ।
२०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ । नेपालमै पहिलो पटक खेलकुद व्यवस्थापन संकायको पढाई थालेको यस विश्वविद्यालयमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही, नेपाली महिला क्रिकेट टिमकी खेलाडी डली भट्ट अध्ययनतर छन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशस्तरीय पुरुष टी– २० क्रिकेटः तनहुँ र स्याङजाको जित, तनहुँको जितमा कृष ऐरको शतक
दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजय रानामगरलाई
गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट सुरुः स्याङ्जा र तनहुँको जित
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
प्रचण्ड कप भलिबल: उपाधिका लागि दुई विभागीय टोली एपीएफ र पुलिस भिड्ने, न्यु डायमण्ड एपीएफसँग पराजित
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ