घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

sun gold

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य मंगलबार तोलामा तीन सय रुपैयाँले घटेको छ।

आज छापावाला सुन तोलामा एक लाख १२ हजार एक सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि सोमबार छापावाला सुन तोलामा एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले घटेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds