किसानलाई प्रोत्साहन स्वरूप पोखरा महानगरले बाँड्यो १ करोड ८१ लाख

किसानलाई प्रोत्साहन स्वरूप पोखरा महानगरले बाँड्यो १ करोड ८१ लाख

pokhara-mahanagar

पोखरा। एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाका किसानले रु एक करोड ८१ लाख प्रोत्साहन रकम बुझेका छन् ।

अन्न, तरकारी, फलफूललगायत कृषिजन्य उत्पादनमा लागेका २० वडाका झन्डै पाँच हजार किसानलाई प्रोत्साहन रकम वितरण गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ ।

महानगरले गत आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार तरकारी खेती विस्तार, मौरी पालन, आलु, उवा, सुन्तला, उखु र चैते धान खेती गर्ने किसानलाई प्रोत्साहन रकम प्रदान गरेको हो ।

महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार वडा नं ५, १८, १३, १४, २२, २३, २४, २५, ३१ र ३३ वडामा तरकारी, १६, २०, २८ र ३० मा मौरी, १५ र २७ मा आलु, २६ मा चैते धान, १९ मा उवा, २१ मा सुन्तला र ३२ मा उखु खेतीको पकेट क्षेत्र तोकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ