पोखरामा २४ तोला सुनजस्ताे देखिने धातुसहित एक महिला पक्राउ परेकी छन् । काठमाडौंबाट पोखरा आएको बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित कल्पना गुरुङ पक्राउ परेकी हुन् ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले काठमाडौंबाट पोखरा आएको बस पृथ्वीचोकमा चेकजाँच गर्ने क्रममा उनलाई पहेँलो धातुसहित पक्राउ गरेकाे जनाएकाे छ । झापाको बिर्तामोड नगरपालिका १ घर भएकी गुरुङ काठमाडौं बस्दै आएकी प्रहरीले जनाएकाे छ ।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी बेद जोशीले बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित गुरुङ पक्राउ परेको जानकारी दिए । आज बिहान काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नं. काे बस चेकजाँच गर्ने क्रममा छातिमा सेतो टेपले बेरेर ब्रा भित्र लुकाइ छिपाइ राखेको अवस्थामा फेला परेकाे हाे ।
पक्राउ परेका गुरुङका साथबाट बरामद भएको सुन जस्तै देखिने धातु २८० ग्राम २९ मिलिग्राम रहेको र जुन सुन नै प्रमाणित भए करिब २४ तोला रहेको डिएसपी जोशीले बताए । बरामद गरिएको सुन जस्तो देखिने पहेँलो धातु भएकाले परिक्षण गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
गुरूङलाई नियन्त्रणमा लिइ स्थानिय जनप्रतिनिधिसहित प्रहरीको रोहवरमा मुचुल्का पश्चचात् आवश्यक अनुसन्धानको लागि बैदाम कार्यालयमा ल्याइ थप अनुसन्धान भैरहेक डिएसपी जाेशीले बताए ।
सम्बन्धित खबर
कास्कीको खिलाङ र तप्राङमा पहिरोः २ भैंसी मरे, ६ घरमा क्षति
‘गण्डकीमा मानव अधिकार कार्ययोजना प्रभावकारी कार्यान्वयनमा चुनौती’
पोखरा महानगरपालिकामा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको ध्यानाकर्षण
हाइकिङको ५९ औं श्रृङ्खला मकानपुरमा
पोखराको सिमलचौरबाट लागू औषधसहित ४ जना पक्राउ
असार १५ गते पाचौं हेमजा हिले महोत्सव हुने
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरा महानगरपालिकामा खाजा खानाका नाममा वर्षमा २ करोड ३८ लाख खर्च