पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आयोजना भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि खेलकुद पत्रकार मञ्च, गण्डकी र नेपाल पत्रकार महासंघ कास्कीले जितेको छ ।
फोनिजको २४औं स्थापना दिवस मनाउने क्रममा फोनिज गण्डकीको आयोजनामा भएको पत्रकार (पुरुष-महिला) बिचको मैत्रीपुर्ण फुटसलमा पुरुष तर्फ मञ्च र महिला तर्फ महासंघले उपाधि जितेको हो । पुरुष टिममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले फोनिज गण्डकीको टिमलाई टाइब्रेकरमा ३–२ गोल अन्तर पराजित गरेको हो । महिला तर्फ नेपाल पत्रकार महासंघले फोनिज गण्डकीको टिमलाई टाइब्रेकरमै २–१ गोल अन्तर हराएको हो ।

पुरुषतर्फ निर्धारित समयमा २–२ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयमा फोनिजको तर्फबाट सुशान्त गाहा र बशन्त शेर्पाले एक÷एक गोलको योगदान दिए । यस्तै खेलकुद पत्रकार मञ्चका लागि शिव क्षेत्री र प्रवेश बास्तोलाले १-१ गोल गरे । दुवै टिमले निर्धारित समयमा बराबरी गोल गरेपछि खेलमा बिजेताको टुंगो टाइब्रेकरबाट लागेको खेल संयोजक प्रविन मगरले जानकारी दिए ।
बिजेता मञ्च र महासंघको टिमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता टिमले मेडल र प्रमाणपत्र पाए । विजेता तथा उपविजेता टिमलाई फोनिज गण्डकीका इन्चार्ज एमबी आस्था, अध्यक्ष रुद्र श्रीसमगर लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले गरेकी थिइन् । उद्घाटन कार्यक्रममा मन्त्री सिंखडाले खेलकुद स्वास्थ्यको लागि लाभदायक भएको वताउँदै यसले आपसी भाईचारामा पनि वृद्धि हुने बताए । पत्रकारहरु लेख्ने मात्र नभएर स्वस्थ्य हुनु पनि जरुरी रहेकाले मिडिया कप बेला बेलामा हुनुपर्नेमा उनको जोड थियो । पत्रकारले गरेको खबरदारी र राम्रा कार्यको प्रचार प्रसारले प्रदेशमा हुने खेलमा महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’