पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापले आफ्नो वडाका तालहरु बेचेर कसैलाई पनि खान नदिने बताएका छन् । पोखरा २६ मा भएको सार्वजानिक सुनुवाईमा जनताले राखेका जिज्ञासाको सम्बोधन गर्दै, अध्यक्ष थापाले वडामा रहेको खास्टे, निउरेनी र गुँदेताल बेचेर खान कसैलाई नदिने बताएका हुन । उनले भने–‘ताल स्थानिय सरकारको सम्पती हो, कसैले धन्दा चलाएर वा बेचेर खान पाउदैन ।” वडालाई आफ्नो सम्पतीको रक्षा कसरी गर्नु पर्दछ त्यो थाह छ । ’
सरकारी सम्पति अतिक्रमणको बिषयमा उठेको प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष थापाले भने –‘कसैलाई सार्वजानिक सम्पति खान्छु भन्ने लागेको छ भने त्यो भ्रम हो । हामीले हाम्रो सम्पती के कति छ ? खवर पाम भनेर नापी र मालपोत कार्यालयसँग सुचना मागेका छौँ । सार्वजानिक सम्पति माथी कसैले गिद्दे नजर नलगाए हुन्छ । ’ अध्यक्ष थापाले जनताको गुनासो सम्बोधन गर्नकै लागि जनप्रतिनिधी बनेको र जनताको सुझाब, गुनासो आलोचनालाई शिरोधार्य गरेर आगामी दिनमा सुन्दर वडा निर्माण गर्ने कार्यमा हातेमालो गर्ने प्रतिबद्धता गरेका थिए । थापाले सहभागिले उठाएका सबै प्रश्नको उत्तर एक एक गरेर दिएका थिए ।
पोखरा २६ ले गरेको सार्बजानिक सुनुवाईमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापा, महाशाखा प्रमुखहरु जयराम पौडेल, भरतराज पौडेल, कृष्ण तिवारी र पोखरा महानगरका वडाअध्यक्षहरु किरण बराल, सन्तोष बास्तोला, दिपेन्द्र मरसानी, तारेण बहादुर बानियाँ र दुर्गा सुवेदीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख प्रशाकिय अधिकृत श्याम कृष्ण थापाले कार्यक्रममा सहभागिको संख्या र कार्यक्रमको नमूनाका बारेमा प्रशंसा गरेर आगामी दिनमा सहकार्य गरेर अगाडी बढ्ने बताएका थिए ।
कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, नागरिक समाज, आमा समुह, युवा क्लव र बिभिन्न समुदायका समुहहरुको सहभागिता थियो । कार्यक्रममा वडा सदस्य तिर्थ बहादुर राजभाटले स्वागत गरेका थिए भने वडाका सचिब मिना भट्टराई भण्डारीले वडाको प्रगति प्रतिबेदन पेश गरेकी थिईन । कार्यक्रम संचारकर्मी शुरेस रानाभाटले संचालन गरेका थिए भने कार्यक्रमहरुमा वडा सदस्यहरु लक्ष्मीदेवी भट्टराई,सुजता वराल सुनार र सुदिपराज ढुङ्गाना सहभागिता रहेको थियो ।
सार्वजनिक सुनुवाईमा सेवा प्रवाह र सुशासनको सम्वन्धमा सेवाग्राहीले सन्तुष्टी व्यक्त गरेका थिए ।
सार्वजानिक सुनुवाईको अवसरमा वडाको बृत्तचित्रको बिशेष प्रदर्शन गरिएको थियो बृत्तचित्रको लेखन तथा निर्देशन सौगात पोखरेलले गरेका थिए । कार्यक्रममा वडामा रहेका आमा समुहको सहभागितामा रोटी तरकारी बनाएर खाजा व्यबस्थापन गरिएको थियो । कार्यक्रमा वडा २६ का एक हजार बढि स्थानियको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’