पोखरा महानगरपालिका वडा नं. १५ बासीलाई डेङ्गु र आँखा पाक्ने रोगबारे सचेतना प्रदान गरिएको छ । वडा कार्यालय र असल छिमेकी नेपालको आयोजनामा डेङ्गु र आँखा पाक्ने रोगका साथै लागु औषधबारे जनचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रमको अध्यक्षता गरेका पोखरा वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले जनचेतनाबाटै रोगहरुको रोकथाम हुने हुँदा यो कार्यक्रम मिलेर गरिएको बताए ।

‘रोगहरु लाग्नु भनेको सचेत नभएरै हो । डेङ्गु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । यसका लागि घर वरपर सफा राख्नुपर्छ । लामखुट्टे भगाउने उपाय अपनाउनुपर्छ ।’ उनले भने – ‘आँखा पाक्ने रोगको तीव्र संक्रमण भइरहेको छ । यसबाट आँखालाई बचाउनुपर्छ । चस्मा लगाउने, दुरी कायम राख्ने, बिरामीसँग टाढा बस्ने, बिरामी भइहाले बाहिर ननिस्कि उपचार गर्ने गर्नुपर्छ भनेरै वडाबासीलाई सचेतना प्रदान गरेका हौँ ।
शहरी स्वास्थ्य केन्द्र–१५, नयाँगाउँका प्रमुख कृष्ण बास्तोलाले डेंगु र आँखा पाक्ने रोगको लक्षण, रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यपत्र प्रस्तुत गरी स्पष्ट पारेका थिए ।

नेपालमा सन् २००४ मा पहिलो बिरामी (विदेशी) भेटिएको, त्यसपछि सन् २००६ मा तराई तथा भित्री मधेशहरुमा सुरु भएको डेङ्गु गत वर्ष सन् २०२२ मा हालसम्मकै अत्यधिक देशभरमा ५४ हजार ७८४ बिरामी भएको र त्यसमध्ये ८८ जनाको मृत्यु भएको उनले जानकारी दिए ।

असल छिमेकी नेपाल, नवजीवन पुनर्स्थापना कार्यक्रम अधिकृत प्रतिमा बस्नेत मगरले लागु औषधको दुर्व्यसन सम्बन्धमा प्रष्ट पारेकी थिइन् । पोखरा १५ फलेपाटनस्थित सिद्ध मावि परिसरमा आयोजित कार्यक्रममा प्रधानाध्यापक गुरूदत्त कोइराला, वडा नं. १५ का जनप्रतिनिधिहरु आशिष भण्डारी, मन्दिरा परियार, बलराम पौडेल, सेतिमाया गुरुङको पनि सहभागिता रहेको थियो ।
यसैबीच, वडाध्यक्ष बानियाँले प्रत्येक घरपरिवारको तथ्यांक संकलन कार्य महानगरबाट भइरहेको जानकारी दिए । उनले १५ नं. वडामा ७ जना खटिइरहेको जनाउँदै सबै वडाबासीले सही तथ्यांक दिएर सहयोग गर्न पनि अपिल गरे ।
यहाँको गरीब, सुकुम्बासी, अव्यवस्थित बसोबासीको पहिचान, वैदेशिक रोजगारीमा गएकाको संख्या, यहाँका घरधनी, भाडामा बस्नेहरुको संख्या निकाल्न सहज हुने र सोहि अनुसार विकास निर्माणका साथै विविध कामहरुका लागि सहयोग मिल्ने भएकाले सबैले सहयोग गर्न आग्रह गरेका हुन् ।

सम्बन्धित खबर
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
सरकारद्वारा जारी नियमावलीप्रति इक्यान कास्कीको गम्भीर आपत्ति, तत्काल फिर्ता लिन माग
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ