प्रस्तावित शिक्षा विधेयक संशाेधन गर्न निजी विद्यालय संगठनको माग

असहमति

प्रस्तावित शिक्षा विधेयक संशाेधन गर्न निजी विद्यालय संगठनको माग

अनिश्चितकालिन विद्यालय बन्द कार्यक्रम भने स्थगित

niji school

पोखरा । प्रस्तावित शिक्षा विधेयक २०८० मा निजी विद्यालयलाई अकुंश लगाउन खोजेको भन्दै निजी विद्यालयका संगठनले विरोध जनाएका छन् ।

शिक्षा ऐन २०२८ लाइ प्रतिस्थापन गर्न सरकारले विद्यालय शिक्षा सम्वन्धी कानुनलाई संशाेधन र एकिकरण गर्न बनेको विधेयक २०८० मन्त्रिपरिषद्बाट पारित गरेसँगै निजी विद्यालयका संगठनले यसको असन्तुष्ट जनाउँदै विरोध गरेका हुन् ।

कम्पनी मार्फत सञ्चालन विद्यालयहरुलाई ५ वर्ष भित्र गुठीमा रुपान्तरण र दायित्व फरफराकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने मात्र होइन मास्ने अभिप्रायका साथ विधेयक ल्याएको भन्दै असहमति प्रकट गरेका छन्।

यसै विषयलाई लिएर निजि विद्यालयका संगठनले विधेयक संसोधन नगरे आइतबारदेखि अनिश्चितकालिन विद्यालय पठन पाठन बन्द लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

यद्यपी शुक्रबार नै सिंहदरवारमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का शिक्षामन्त्री अशोक राइसहित सरोकारवालाहरुकोवीचको छलफलमा विद्यालय शिक्षा सम्वन्धी विधेयक निजि विद्यालयका संगठनले उठाएको माग सम्वोधन गर्न सरकार तयार भएसँगै पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम भने स्थगित भएको छ ।

यसै विषयमा रहेर कास्कीका निजि विद्यालयका संगठन प्याव्सन कास्की, हिसान कास्की, एनप्याव्सन कास्की र युनिप्स नेपालले प्रस्तावित शिक्षा विधेयक २०८० माथि सरोकारवाल पक्ष सँग निजि विद्यालयहरुका मूख्य विमती सम्वन्धमा जानकारी गराएको थियो ।

कार्यक्रममा राजनितिक दल, विभिन्न शिक्षक संघका प्रतिनिधि, अभिभावक संघका प्रतिनिधि, नागरिक समाज विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि प्रध्यापक व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्ने सरोकारवालाहरुले निजि विद्यालयहरुको लगानीको सुनिश्चितता गरेर मात्रै विधेयक आउनु पर्ने तर्क गरेका थिए ।

उनीहरुले शिक्षा विधेयक आवश्यक भएको तर यस विषयमा सरोकारवालासँग कुनै छलफल नै नगरी आएका कारण विवाद सिर्जन भएको बताए ।

प्याव्सनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इञ्चार्ज कृष्ण केसीले प्रस्तावित विधेयक व्यक्तिगत सम्पती हडव्न खोजेको प्रष्ट भएको बताए ।

‘शिक्षा विधेयक आउनु पर्दछ हामीले पनि चाहेका छौ तर व्यक्तिगत सम्पती नै हडव्ने गरी आएको यो विधेयक कस्तो खालको हो’ उनले भने, ‘सरकारलाई अव निजि विद्यालयको आवश्यकता छैन भनेर भन्छ भने हाम्रो लागनी अनुसारको मूल्य दिइयोस हामी सरकारलाई आजै विद्यालयका तालचापी वुझाउछौं ।’

एन प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोचीले नेपालको शिक्षालाई नै वर्वाद गरेर विधेयक आएको भन्दै आपत्ती प्रकट गरे ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त वराल सम्पती संरक्षण र रोजगारको सुनिश्चितता गर्न काँग्रेस साथमा रहने बताए ।

नेकपा एमाले पोखरा महानगर पालिकाका अध्यक्ष दिलिप न्यौपानेले निजि विद्यालयको भविश्य र लगानीको ग्यारेन्टीका पक्षमा एमाले दृढतापूर्वक उभिने बताए ।

नेपाल राष्ट्रिय अभिभाव संघ कास्कीका अध्यक्ष गोपाल गिरीले विद्यालय वन्द नगरिकन समस्याको समाधान खोज्नु पर्ने बताए ।

प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एनप्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, हिसान कास्कीका अध्यक्ष यम रोका प्याव्सन कास्कीका सचिव पुष्प पराजुलीलगायतले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds