पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) पुरस्कृत भएका छन् ।
फोनिजको २४ औं स्थापना दिवसको अवसरमा आज (शनिबार) पत्रकार द्वयलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ हजार अर्पण गरे ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले स्वच्छ र स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण सिर्जना गर्न स्वयम् पत्रकार नै जिम्मेवार हुनुपर्ने धारणा राखे ।
उनले पत्रकरिता आफ्नै लयमा बनगेको मुख्यमन्त्री पाण्डेले बताए । ‘आज पत्रकरिताको लय बिग्रेको छ । एउटा टिभी र अर्काे टिभीमा समाचार हेर्दा फरक फरक सन्देश र सूचना जाने देखिन्छ । यसले समाजलाई दिग्भ्रमित गरेको छ । त्यसैले नियमन हुन आवश्यक छ । र पत्रकार आफै पनि जिम्मेवार र गम्भीर हुनुपर्छ ।’
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको आमसञ्चार विधेयक ल्याउने तयारी रहेको बताए । उनले यही आर्थिक वर्षमा सञ्चार विधेयक दर्ता गर्ने तयारी भएको बताउदै भने, ‘मलाई कसैलाई नियमन गर्नु छैन त्यसैले पत्रकार साथीहरुको केही कुरा छलफलबाट पारित भएपछि अगाडी बढ्छ । मेरो एउटै मात्र धेय छ स्वतन्त्रताको नाममा अराजक हुनुभएन ।’
उनले पछिल्लो समय स्वतन्त्रतको नाममा सामाजिक सञ्जालमा अराजकता फैलिएको टिप्पणी गरे । ‘सोसल मिडिया स्वतन्त्रताको नाममा अहिले अराजक भएको छ, मुख्यमन्त्री पाण्डेले भने, ‘यसले पत्रकारिता स्वनियमन हुनुपर्ने हो तर त्यो भएको देखिएन ।’
उनले व्यक्तिको गुण वा दोषको आधारमा एकतर्फी समाचार संप्रेषण गरेको न्यायोचित नहुने धारणा राखे । ‘समाचार संप्रेषण गर्दा सबै पत्रकार गलत छैनन्, सबै पत्रकार सही छैनन् भन्ने बुझे जस्तै सबै राजनीतिज्ञ गलत छैनन् भन्ने पनि हेक्का राख्नुपर्छ ।’ उनले भने ।
यस्तै पुरस्कृत व्यक्ति हुम बहादुर गुरुङले आवश्यकता महसुस भएर पत्रकारितामा लागेको बताए ।
उनले नेपाल विविधतायुक्त देशमा सम्पूर्ण समुदायको पहुँच स्थापना नभएको कारण सक्रिय पत्रकारितामा लागेको बताउदै पत्रकारिता भित्रै पनि असमानता रहेको धारणा राखे । ‘मैले देशमा सबै समुदायको पहुँच समान नदेखेका कारण पत्रकारितामा लागेको हो । तर पत्रकारिता भित्रै पनि असमानता देखिएको छ । जुन राम्रो कुरा होइन,’ गुरुङले भने ।
गुरुङले प्राप्त गरेको कञ्चन पत्रकारिता पुरस्कार अहिलेसम्मकै महत्वपूर्ण पुरस्कार रहेको बताए । ‘आज मलाई दिनुभएको यो पुरस्कार हेभी छ, उनले भने, ‘यसले मलाई पत्रकारितामा थप सत्रिय हुन हौसला दिएको छ । त्यसैले म आजिवन सत्रिय पत्रकारिता गरिरहनेछु ।’
उनले फरक प्रसंगमा बोल्दै पत्रकारितालाई स्वच्छ बनाउनका लागि राजनीतिक पार्टी निकट हुनु नहुने धारणा राखेका थिए ।
यसैगरी पुरस्कृत सुन्दर कुमार थकालीले आफुलाई पुरस्कृत गरेको भन्दै पत्रकारितामा थप उत्साह मिलेको बताए ।
‘यो पुरस्कारको महत्व बुझेर नै मलाई प्रदान गर्नुभएको छ । मलाई यो निकै भारी र गहु्रंगो भएको छ, उनले भने, पत्रकारिताका मेरो यो चौथो पुरस्कार हो । सबैभन्दा बढी महत्वपूर्ण मैले यो पत्रकारिता पुरस्कारलाई लिएको छु । यसले मलाई थप हौसला मिलेको छ ।’
गण्डकी प्रदेशको शिरमा रहेको जिल्लामा पत्रकारिता गर्न सहज नरहेको उनले सुनाए । ‘मुस्ताङमा पत्रकारिता गर्न चुनौती नै छ । मैले विगत १० वर्षदेखि पत्रकारिता गर्दै आएको छु । धार्मिक क्षेत्र भएकाले बाहिर ल्याउनुपर्ने इस्युहरुलाई माथि ल्याउन नसक्ने अवस्था छ । किनभने सानो क्षेत्र र सिमित पत्रकार भएकाले पनि निकै जोखिम छ,’ उनले भने ।
पुरस्कृत हुम बहादुर तमु पोखराबाट प्रकाशित हुने कास्की आवाज दैनिकका प्रधानसम्पादक हुन् भने थकाली अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र समाधान दैनिकका लागि मुस्ताङका संवाददाता हुन् ।
फोनिज गण्डकीका महासचिव धन बहादुर गुरुङका अनुसार पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । ५ लाख रुपैयाँदेखि सुरु गरिएको यस अक्षयकोषमा गुभाजु परिवारले हरेक वर्ष १ लाख थप गर्दै आएका छन् । यस वर्षपनि १ लाख थप गर्ने घोषणा गरेका छन् । हाल अक्षयकोषमा ९ लाख रुपैयाँ रहेको छ ।
यो पुरस्कार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष प्रदान गरिँदै आइएको छ ।
सो पुरस्कारबाट यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङ पुरस्कृत भइसकेका छन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो