सेती नदिमा महिलाको शव भेटियो, छोरी अझै वेपत्ता

सेती नदिमा महिलाको शव भेटियो, छोरी अझै वेपत्ता

sab fela

सेती नदिमा बालुवा चाल्ने मजदुरी गर्दै आएकी देउमाया गुरुङ साउन १३ गतेदेखि बेपत्ता भइन् । उनको शव साउन २६ गते नदिको दुई ढुंगाबीचमा घोप्टो परेको अवस्थामा भेटियो । तर, छोरी भने अझै फेला पार्न सकिएको छैन ।

कास्की प्रहरीले खोजी कार्य जारी रहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार बिकले आमा छोरी वेपत्ता भएको खबर आएकोमा आमाको शव भेटिएपनि छोरीको अवस्थाबारे थाहा हुन नसकेको बताए ।

कुसुम भन्ने देउकुमारी सेती नदिमै दिनभर बालुवा चालेर जिविकोपार्जन गर्दै आएको खुलेको छ । उनी छोरीसहित किन नदिमा हाम्फालिन् भन्नेबारे थाहा हुन सकेको छैन ।

बालुवा चाल्ने स्थानीयले दुई ढुंगाको बिचमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोलीले उनको शवलाई बाहिर निकालेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds