पोखराको खहरेचोकस्थित क्लब क्याटवाकको पहिलो वार्षिकोत्सवका अवसरमा गायिका त्रिशाला गुरुङ र कुटुम्बको अल्फान्जो लाइभ प्रस्तुति हुने भएको छ ।
क्लब क्याटवाकको पहिलो वार्षिकोत्सवका अवसरमा यहि भाद्र २ शनिबार साँझ ५ बजेदेखि नेपालकै चर्चित सांगीतिक ब्याण्ड कुटुम्ब तथा गायिका त्रिशाला गुरुङसँगै डिजे बिकी कुल र गायक राजकुमारको प्रस्तुति रहने क्लबका प्रबन्ध निर्देशक गुप्ता लामाले बताए ।
उनका अनुसार सांगीतिक कार्यक्रम साँझ ५ देखि राती १० बजेसम्म हुनेछ । जसमा पोखराका प्रतिष्ठीत व्यक्तित्वहरुको निमन्त्रणा समेत गरिएको छ । राती १० बजेपछि भने कुटुम्बको प्रस्तुति रहने उनले बताए ।
वार्षिकत्सवका अवसरमा क्लब प्रवेशमा शुल्क नलाग्ने जानकारी उनले गराएका छन् । भदौ महिना भरि ग्राहकहरु निशुल्क प्रवेश गर्न पाउनेछन् । साथै अन्य सेवामा समेत १० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।
एक वर्ष अघि खहरेचोकमा स्थापना भएको क्याटवाकमा एकैपटकमा २ हजार भन्दा बढीले सेवा लिन पाउँछन् । अन्तर्राष्ट्रिय स्तरको डान्स फ्लोरमा, म्युजिक सिस्टम र सुरक्षा प्रणाली मिलाइएको क्याटवाकमा आकर्षक रेष्टुरेण्टको पनि सुविधा रहेको छ । पछिल्लो समय पोखरामा धेरै रुचाइएको क्लब क्याटवाक हो ।
सम्बन्धित खबर
नेपालका समर्पण लामाले जिते ‘इन्डियाज बेस्ट डान्सर’ सिजन-३ को उपाधि
डि–मर्चा भन्छ ‘भ्रष्टाचारीलाई किरा परोस्’
अमृतको शब्दमा सविनाको ‘रहर’
निरूता सिंहले गरिन् बिहे
समीक्षाको अनुराेध – झूटो समाचार छापेर बदनाम नगरिदिनुस्
क्याटवाकको प्रथम वार्षिकोत्सवमा कुटुम्ब र त्रिशाला गुरूङको प्रस्तुति
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल