पोखरा । कास्कीमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका ३२ बाट रुपा तालतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल रुपा गाउँपालिका ६ निगालझाँप्रामा शनिबार सडकबाट तल खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सडकबाट झण्डै ९० मिटर तल खसेर भएको दुर्घटनामा मोटरसाइकल चालक लमजुङ दुधपोखरी – ६ का २९ वर्षीय कृष्ण गुरुङ र पछाडि बसेका २४ वर्षीय अशोक गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल शनिबार अपराह्न पौने ४ बजेतिर दुर्घटना भएको थियो ।
दुर्घटनालगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइएको थियो।
चिकित्सकले जाँचका क्रममा दुवै जनालाई मृत घोषणा गरेका थिए। मोटरसाइकल घुम्तीमा आफै अनियन्त्रित भइ सडकमुनि खसेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाको कारणबारेमा अनुसन्धान भइरहेको जनाएको छ।
अशोक स्थानीय लालीगुराँस युवा क्लबका अध्यक्षसमेत थिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो