पोखराको होटलमा जुवाखालबाट पक्राउ परेकामध्ये एकजना गाउँपालिका अध्यक्ष नै भएको खुलेको छ ।
सिर्जनाचोक स्थित होटल लक्ष्मीमा विहीबार जुवा खेलिरहेका बेला पक्राउ परेका जुवाडेको टोलीमा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष पनि रहेको खुलेको हो । गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई प्रहरीले साँझ पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद गरेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
अध्यक्ष लालचनले आफ्नो नाम पूरा नभनी मोहन थकाली मात्र भनेका थिए । यो नाम गण्डकन्यूजमा प्रकाशन भएपछि मुस्ताङका केही युवाले फोन गरेर यस्तो नाम यो ठाउँमा नभएको जानकारी दिए ।
यसबारे बुझ्दा प्रहरीलाई नै पूरा नाम नभनी नाम फेरेको पाइयो । पक्राउ पर्ने अन्यमा हाेटल सञ्चालक मुस्ताङ घोरपझोङका ५७ वर्षीयका इन्द्रबहादुर हिराचन, नविनप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् ।
सातै जनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
सम्बन्धित समाचारः
पोखरा सृजनाचोकको होटल लक्ष्मीबाट ४ लाख बढी नगदसहित ७ जुवाडे पक्राउ
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो