सन्दीपविरुद्धको मुद्दामा आइतबार पनि सुनुवाइ भएन

सन्दीपविरुद्धको मुद्दामा आइतबार पनि सुनुवाइ भएन

sandip lamichhane

काठमाण्डाै। नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आइतवार पनि स्थगित भएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको हो ।

सन्दीपविरुद्धको मुद्दा पटक पटक स्थगित हुँदै आएको छ । उनले एक नाबालिकलाई बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ । आजको पेसीकै कारण सन्दीप एसिया कप खेल्न पाकिस्तान गएका थिएनन् । अन्य नेपाली टोली यसअघि नै पाकिस्तान पुगिसकेको छ ।

एसिया कप क्रिकेटमा नेपालले आउँदो बुधवार अर्थात् भदौ १३ गते पाकिस्तानसँग र १८ गते भारतसँग खेल्दैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds