पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बाेलेरो जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
पोखरा–माछापुच्छ्रे इदीखोला चल्ने ग ३ च ५८३८ नम्बरको उक्त जीप मणिलाल मार्गस्थित मर्दीपुलमा आइतबार दिउँसाे ३ बजेतिर दुर्घटनामा परेको हाे ।
जीपमा चालकसहित १० जना सवार रहेकोमा घाइतेमध्ये ८ जनाको अवस्था सामान्य रहेको र बाँकी २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ का अध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिएका छन् । उनका अनुसार तीव्र गतिको जीप सडकको घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो । जीप बाटोदेखि करिब १५ मिटर तल खसेर उत्तिसको रुखमा अल्झिएको उनले जनाए ।
घाइते सबै स्थानीय नै हुन् । सामान्य घाइतेहरुलाई उपचार पछि घर पठाइसकिएको वडाध्यक्ष क्षेत्रीले बताए । दुर्घटनामा जीप चालक गिरीधारी गौतम सहित यात्रुहरु हरिमाया भण्डारी, बिष्णु भण्डारी, गीता भण्डारी, बिनिता भण्डारी, सीता भण्डारी, लक्ष्मी भण्डारी र नानी भण्डारी उपचारपछि घर फर्किसकेकाे वडाध्यक्ष क्षत्रीले जनाए । गंगा अधिकारी र हिमाली गौतमकाे पाेखरामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको छ ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह