गुल्मेलीका प्रिय ‘बिनोद सर’ । घर पोखरा । शिक्षण पेशाको जागिर गुल्मी । गुल्मीको रेसुङ्गा ८, तम्घास, खानीगाउँस्थित सिद्ध माविमा कक्षा ११ र १२ मा विज्ञान विषय पढाउँदै आएका थिए बिनोद तिम्सिनाले । आफै बायोलोजीका विद्यार्थी बिनोदले बायाेलाेजी नै पढाउँदै आएका थिए ।
जनैपूर्णिमा पर्व मनाउन गुल्मी देखि आफ्नो घर पोखरा आउँदै गरेका बिनोद पाल्पामै अस्ताए । पोखरा महानगरपालिका २५ माथिल्लो हेम्जाका ३० वर्षीय बिनोद चढेको स्कोर्पियो जीप पाल्पाको जोर्तेमा सुख्खा पहिरोमा पर्दा दुर्घटनामा परेको थियो । माथिबाट खसेको ठूला ढुंगाहरुले किच्दा जीपमा सवार ११ जनामध्ये ३ जनाको मृत्यु भएको थियो ।
३ वर्ष अघि मात्रै बिहे गरेका बिनोदको श्रीमति र ८ महिनाका छोरा छन् । अल्पायूमै विनोदको निधनले परिवारमा ठूलो बज्रपात परेको छ । तिम्सिना परिवार शोकमा डुबेका छन् । बिनाेदकाे निधनमा विद्यालयले भाेलि शुक्रबार शाेकबिदा दिएकाे छ । आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ काे अकल्पनीय निधनमा विद्यार्थीहरू भावविह्वल बनी सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् ।
उक्त सुख्खा पहिरोले स्कार्पियो जीप पुरिँदा गुल्मी रेसुङ्गा नगरपालिका ७ की ५० वर्षीय मनकला चुधारा र पाल्पा तानसेन नगरपालिका घर भई गुल्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत यम बहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित समाचारः
पाल्पाको पहिरोमा परेको स्कोर्पियोमा सवार पोखराका बिनोदको मृत्यु
मृतक ३ जना र घाइते सबैकाे पहिचान खुल्याे
सम्बन्धित खबर
रेडियो अन्नपूर्ण “सम्झनामा आदिकवि” विशेष कविता वाचन सम्पन्न
र्यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रंगशाला बन्दै
स्याङ्जाको केरा गाउँ ‘बाँस्टारी’
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा