एसिया कप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा नेपालले सम्मानजनक योगफल बनाएको छ । श्रीलंकाको पल्लेकेले मैदानमा भएको खेलमा नेपालले ४८.२ ओभर क्रिजमा रहेर २३० रन बनायो ।
नेपालका लागि सबै खेलाडीले खुलेर खेलेका थिए । तर, खराव फिल्डिङ गरेको भारतका खेलाडीहरु भने निकै तनावमा रहे । नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । उनले ८ चौकाको मद्धतले ९७ बलमा ५८ रन जोडेका हुन् ।
आसिफ शेख एसिया कपमा अर्धसतक बनाउने पहिलो नेपाली खेलाडी बने । उनी टेस्ट राष्ट्रको सिनियर टोलीविरुद्ध अर्धसतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान पनि बने । सोमपाल कामीले भने केवल दुई रनका कारण त्यो अवसर गुमाए ।
शेख र ओपनर कुशल भुर्तेलबीच पहिलो विकेटका लागि ६५ रनको साझेदारी हुने क्रममा कुशलले २५ बलमा ३८ रन बनाएका थिए । सोमपाल कामीले ४८ रन बनाए । अर्धशतक नजिक पुगेर उनी ५६ बलमात्र खेलेर २ छक्का र १ चौकाको मद्धतले ४८ रन बनाएका हुन् ।
त्यस्तै दिपेन्द्र सिंह ऐरीले २९ रन बनाए । उनले २५ बलमा ३ चौकाको मद्धतले २९ रन जोडेका हुन् । गुल्सन झा २३ रन बनाएर आउट भए । गुल्सनले ३५ बलमा ३ चौकाको मद्धतले २३ रन बनाएर आउट भएका हुन् ।
आसिफ शेखले संयमित ब्याटिङ गर्दै ९७ बलमा ५८ रन बनाएर आउट भए । उनलाई विराट कोहलीले क्याच आउट गरे । कोहलीले नै आसिफ १ रनमा छँदा क्याच ड्रप गरेका थिए । भारतले तीन क्याच छाडेको थियो ।
सन्दीप लामिछानेले १७ बलमा ९ रन बनाए । भीम सार्कीले १७ बलमा ७ रन बनाए । कप्तान रोहित पौडेलले ८ बलमा ५ रन बनाए । कुशल मल्लले ५ बलमा २ रन बनाए । करण केसीले २ बलमा अविजित रहँदै २ रन बनाए र ललित राजबंशीले खाता खोल्न पाएनन् ।
भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले समान ३–३ विकेट लिए । मोहम्मद शमी, हार्दिक पाण्डेया र शार्दुल ठाकुरले १–१ विकेट लिए । कुलदीप यादव भने विकेटविहीन रहे ।
पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले खेलेको यो दोस्रो खेल हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोली आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । उक्त खेल पाकिस्तानको मुल्तानमा खेलिएको थियो । पाकिस्तानले दिएको तीन सय ४३ रनको लक्ष्य पछ्याएको नेपाली टोली २३.४ ओभरमा एक सय चार रन बनाउँदै अलआउट भएको थियो ।
सम्बन्धित खबर
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
आत्मघाती गोल उपहारले अघि बढ्यो साविक विजेता अर्जेन्टिना
यो पनि पढौँ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर