एसिया कप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा नेपालले सम्मानजनक योगफल बनाएको छ । श्रीलंकाको पल्लेकेले मैदानमा भएको खेलमा नेपालले ४८.२ ओभर क्रिजमा रहेर २३० रन बनायो ।
नेपालका लागि सबै खेलाडीले खुलेर खेलेका थिए । तर, खराव फिल्डिङ गरेको भारतका खेलाडीहरु भने निकै तनावमा रहे । नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । उनले ८ चौकाको मद्धतले ९७ बलमा ५८ रन जोडेका हुन् ।
आसिफ शेख एसिया कपमा अर्धसतक बनाउने पहिलो नेपाली खेलाडी बने । उनी टेस्ट राष्ट्रको सिनियर टोलीविरुद्ध अर्धसतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान पनि बने । सोमपाल कामीले भने केवल दुई रनका कारण त्यो अवसर गुमाए ।
शेख र ओपनर कुशल भुर्तेलबीच पहिलो विकेटका लागि ६५ रनको साझेदारी हुने क्रममा कुशलले २५ बलमा ३८ रन बनाएका थिए । सोमपाल कामीले ४८ रन बनाए । अर्धशतक नजिक पुगेर उनी ५६ बलमात्र खेलेर २ छक्का र १ चौकाको मद्धतले ४८ रन बनाएका हुन् ।
त्यस्तै दिपेन्द्र सिंह ऐरीले २९ रन बनाए । उनले २५ बलमा ३ चौकाको मद्धतले २९ रन जोडेका हुन् । गुल्सन झा २३ रन बनाएर आउट भए । गुल्सनले ३५ बलमा ३ चौकाको मद्धतले २३ रन बनाएर आउट भएका हुन् ।
आसिफ शेखले संयमित ब्याटिङ गर्दै ९७ बलमा ५८ रन बनाएर आउट भए । उनलाई विराट कोहलीले क्याच आउट गरे । कोहलीले नै आसिफ १ रनमा छँदा क्याच ड्रप गरेका थिए । भारतले तीन क्याच छाडेको थियो ।
सन्दीप लामिछानेले १७ बलमा ९ रन बनाए । भीम सार्कीले १७ बलमा ७ रन बनाए । कप्तान रोहित पौडेलले ८ बलमा ५ रन बनाए । कुशल मल्लले ५ बलमा २ रन बनाए । करण केसीले २ बलमा अविजित रहँदै २ रन बनाए र ललित राजबंशीले खाता खोल्न पाएनन् ।
भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले समान ३–३ विकेट लिए । मोहम्मद शमी, हार्दिक पाण्डेया र शार्दुल ठाकुरले १–१ विकेट लिए । कुलदीप यादव भने विकेटविहीन रहे ।
पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले खेलेको यो दोस्रो खेल हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोली आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । उक्त खेल पाकिस्तानको मुल्तानमा खेलिएको थियो । पाकिस्तानले दिएको तीन सय ४३ रनको लक्ष्य पछ्याएको नेपाली टोली २३.४ ओभरमा एक सय चार रन बनाउँदै अलआउट भएको थियो ।
सम्बन्धित खबर
गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट सुरुः स्याङ्जा र तनहुँको जित
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
प्रचण्ड कप भलिबल: उपाधिका लागि दुई विभागीय टोली एपीएफ र पुलिस भिड्ने, न्यु डायमण्ड एपीएफसँग पराजित
प्रचण्ड कप भलिबल: एभरेस्ट क्लबलाई हराउँदै एनपिसी फाइनलमा
तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टी २० क्रिकेट प्रतियोगिता तयारी पूरा
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ