मुस्ताङको उपल्लो क्षेत्रमा ‘गल्फ च्यालेन्ज’को दोस्रो संस्करण भदौ ३० मा हुने भएको छ । समुद्री सतहभन्दा ४ हजार ६ सय ४५ मिटर उचाइमा हुने यो प्रतियोगिता विश्वकै सबैभन्दा अग्लो स्थानमा खेलिने गल्फ प्रतियोगिता हो ।
पाेखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमका संयोजक तथा गल्फ संघ गण्डकी प्रदेशको तदर्थ समितिका अध्यक्ष इन्द्रधारा विष्टले अर्को प्रतियोगितादेखि विश्वका गल्फरहरूलाई पनि सहभागी गराउने योजना रहेको बताए । लोमान्थाङ गाउँपालिका प्रतियोगिताको आयोजक हो । प्रतियोगितामा काठमाडौं, पोखरा, धरान, बुटवल लगायतका सहरका ४० गल्फर लोमान्थाङ पुग्नेछन् । तीमध्ये ४ जना महिला गल्फर हुने छन् ।
“गल्फ पर्यटनलाई विश्वसामु पुर्याउन विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता राखिएको हो । गल्फका खेलाडीहरूले एकपटक लोमान्थाङमा खेल्नुपर्छ भन्ने मानसिकताको विकास गराउनु प्रतियोगिताको उद्देश्य हो,” विष्टले भने ।
इभेन्ट ९ होलमा ३–४ ह्यान्डिक्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइने छ । होल इन वानको विजेताले घोडा पुरस्कार पाउने छ । तर, विजेता खेलाडीले घोडाको विकल्प खोजे एक लाख रुपैयाँ नगद प्रदान गरिने विष्टले बताए ।

“घोडाको अप्सनमा नगद एक लाख रुपैयाँ पनि लिन सक्नुहुनेछ,” उनले भने । उपविजेता, बेष्ट ग्रस, पिनको नजिक, सबैभन्दा लामो ड्राइभ, बर्डीजलाई पनि पुरस्कारको व्यवस्था रहेको छ ।
गत वर्ष पनि पनि लोमान्थाङको हाइ अल्टिच्युड मैदानमा गल्फ च्यालेन्ज भएको थियो । लोमान्थाङको गल्फ कोर्सलाई वर्ल्ड रेकर्ड कायम गराउन गल्फ च्यालेन्जको आयोजना गरेको उनको भनाइ छ । गत वर्षको गल्फ प्रतियोगितामा श्याम लामा विजयी बनेका थिए ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस