गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गीतकार अमृत परियारको शब्द र गायिका सविना सुनामको स्वर रहेको आधुनिक गीत ‘रहर’ को म्युजिक भिडियो शनिबार पोखरामा सार्वजनिक गरिएको छ । साहित्यकार सरुभक्तले उक्त म्युजिक भिडियोको लोकार्पण गरे ।
समानान्तर साहित्यिक मञ्चद्वारा आयोजिक लोकार्पण कार्यक्रममा उनले गीतको शब्द, स्वर र संगीतको संयोजन उत्कृष्ट रहेको बताए । गीतमा संगीत र एरेन्ज विनोद रसाइलीको रहेको छ । म्युजिक भिडियोको सम्पादन र निर्देशन समेत उनैले गरेका हुन् ।
गीतमा अनुप अधिकारी र अञ्जु मगरको अभिनय रहेको छ । गीतको छायांकन विद्या परियारले गरेका हुन् । म्युजिक भिडियोमा सुखद् प्रेम कथालाई प्रस्तुत गरिएको छ । हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
म्युजिक भिडियोको समीक्षा गर्दै चलचित्र निर्देशक कृष्णकुमार गुरुङले गीतकारको शब्दलाई म्युजिक भिडियोले न्याय गरेको बताए । उनले पोखरामा रहेर सिर्जनाकर्ममा लाग्नु चुनातीपूर्ण रहे पनि गुणस्तरको सवालमा राजधानीभन्दा कम नरहेको उल्लेख गरे ।
राष्ट्रिय योजना आयोगमा कार्यरत नेपाल सरकारका सहसचिव प्रदीप परियारले संगीतको राजधानी पोखरामा ‘रहर’ गीतले अर्को इटा थपेको भनाइ व्यक्त गरे । जिल्ला न्यायाधिवक्ता गोपाल ढकालले गायिका सुनामले जागिर र संगीत क्षेत्रलाई उत्तिकै सन्तुलनमा अगाडि बढाएको चर्चा गरे ।
नेपाली लेखक संघ गण्डकीका अध्यक्ष इश्वरमणि अधिकारी, पूर्व जनप्रतिनिधि धनबहादुर नेपाली, गजलकार दीपक समीप, समाजसेवी नरेन्द्र मित्रकोटी, समानान्तर साहित्यिक मञ्चका कोषाध्यक्ष राजु परियार लगायतले म्युजिक भिडियोमाथि चर्चा गरे ।
गायिका सविना सुनामले यसपल्ट गीत, संगीत, स्वर र म्युजिक भिडियोमा निकै मिहिनेत गरेको बताइन् । उनी दुई दशकदेखि पोखरामा रहेर संगीतकर्ममा सक्रिय छिन् । उनले दर्जनौं गीतमा आफ्नो स्वर भरेकी छन् । पोखराका गीतकार अमृत परियार हाल नर्वेमा छन् ।
समानान्तर साहित्यिक मञ्चका अध्यक्ष विश्वराज रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक राजु परियारले स्वागत एवं सचिव बुद्धि बहादुर विश्वकर्माले कार्यक्रमको सञ्चालन गरेका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
राजु–देवी जोडीको ‘झलिको झलल’ गीतमा लाखौं टिकटक भिडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’