काठमाडौँ । रेडियो देशान्तरमा कार्यरत पत्रकार युवराज पौडेलले कार्यालय भवनमै झुण्डिएर देहत्याग गरेका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर २९ मा रहेको रेडियो देशान्तरको कार्यालय भवनमा उनी झुण्डिएका हुन् ।
शुक्रबार राति साढे १ बजेतिर पाँचौ तलाको कार्यालयको रेलिङमा झुण्डिएर देहत्याग गरेका हुन् । दैलेख स्थायी घर भएका पौडेल २१ वर्षका थिए । पौडेलको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
युवराजले फेसबुक र टिकटकमा प्रेमिकाको फोटोसहित क्याप्सन लेखेका छन् । फेसबुक र टिकटकमा उनले प्रेमिकाले छाडेका कारण आत्महत्याको अवस्थामा पुगेको उल्लेख गरेका छन् ।
उनले आत्महत्या अघि फेसबुकमा लेखेका छन, ‘बधाइ छ धोकेबाज निष्ठुरी जन्मदिने आमाबाबा भन्दा बढी विश्वास गरेको थिए तर आज एक्कासी मर्न बाध्य बनायौ है सानु ल अब त जिन्दगीभर खुशी हुन्छौ होला त है अहिले मलाइ ट्याग गर्छ भनेर ब्लक गरेका छौा है थाहा थियो त कति माया गर्छु भन्ने कुरा सायद जीवनमा तिमीलाइ पाउनको लागि एति रोए कि जुन म बाल्यकालमा पनि रोएको थिएन तर पनि मलाइ बुझ्ने प्रयास कहिल्यै गरिनउ है । ठीकै छ तिम्रो लागि मर्ने भनेर जन्मिएको रहेछु सानु बाइबाइ मैले लेख्ने शब्द धेरै छन तर कहिल्यै सकिदैन तर लेख्न सक्दैन सरि अब हाम्रो भेट यस्तो ठाउँमा हुनेछ जहाँ तिमीले मलाइ देख्ने छौँ भेट्ने छौँ तर मैले तिमीलाइ भेट्ने छैन बोल्ने छैन, देख्ने छैन अब बाँकी मेरो यात्रा मसानघाटमा हुनेछ ।’

सम्बन्धित खबर
केटी साथीको कोठामा गएका युवकको गयो ज्यान
पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न सरकारसँग माग
शान्तिको बाटो रोज्न आग्रह गर्दै भारत र पाकिस्तान दुवैका दूतावास अगाडि प्रदर्शन
हमासले बन्धक बनाएका विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका
राष्ट्रिय पत्रकारिता दिवसमा दुई जनालाई वरिष्ठ पत्रकार सम्मान, पोखराका श्रेष्ठसहित ६ जना पुरस्कृत
‘मानव जीवन र समाजका सबै विधा समाविष्ट एउटा मात्र विषय इतिहास नै हो’
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
पोखरामा वडाध्यक्षले एकै दिन कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव
कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखराका वडाध्यक्ष पराजुली पक्राउ
पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासत राख्न अनुमति