पोखरा । ‘भाइरल रोड’ भनेर चिनिने पोखरा महानगरपालिका २५ स्थित हेम्जा सडकखण्डमा दुर्घटनामा कमी आएको छैन । फराकिलो सडकमा तीब्र गतिमा सवारी चलाउँदा पैदलयात्रुले लगातार ज्यान गुमाइरहेका छन् ।
शनिबार पुनः एक जनाको ज्यान गएको छ । जेब्राक्रस नजिकैबाट बाटो काट्दै गरेकी वृद्धालाई माइक्रो हाइसले ठक्कर दिँदा वृद्धाको ज्यान गएको हो ।
काठमाण्डौबाट पोखरा हुँदै बाग्लुङ गइरहेको बा ३ ख ९७२६ नम्बरको हाइसले हेम्जाको सापकोटाचोकमाअन्दाजी ७५ वर्षीया नौली बिकलाई ठक्कर दिएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका भदौरेतामागी घर भएकी नौली छोरीको घर आउने क्रममा बेलुकी ५ः५० बजेको समयमा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी बरिष्ठ नायव निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार हाइस तीब्र गतिमा थियो ।
दुर्घटनापछि तत्काल अस्पताल ल्याइएकोमा ६ः२० बजे चिकित्सकले मृत घोषणा गरे । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।
सम्बन्धित समाचारः
फराकिलो हेम्जाको सडकमा गाडीकाे ओभर स्पीड, जेब्रा क्रसमै लिन्छन् ज्यान
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो