झापा । सँगै विषादी सेवन गरेर देहत्याग गरेका झापा शिवसताक्षीका एक दम्पतीको शनिबार एउटै चितामा अन्त्येष्टि गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं ११ दूधेका ५९ वर्षीय तेजप्रसाद भट्टराई र उनकी श्रीमती ५२ वर्षीया कमला भट्टराईको शव एउटै चितामा राखेर अन्त्येष्टि गरिएको हो ।
भदौ १९ गते राति तेजप्रसाद र कमलाले विषादी सेवन गरेका थिए । विष सेवनपछि दुवैजनालाई उपचारका लागि बिर्तामोडको मनमोहन अस्पताल लगिएको थियो । भदौ २० गते कमलाको मृत्यु भयो भने दुई दिनपछि तेजप्रसादको मृत्यु भएको हो ।
घरायसी समस्याका कारण भट्टराई दम्पतीले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । कमला क्यान्सरपीडित हुन् । चार वर्षदेखि स्तन क्यान्सरबाट पीडित भएको कमलाको उपचारका लागि छोरा खगेन्द्र वैदेशिक रोजगारीमा गए । छोराले कमाएको रकमले कमलाको उपचार सम्भव थिएन ।
श्रीमानले पनि श्रीमतीको उपचारका लागि कुनै कसर बाँकी राखेका थिएनन् । तर, कमलाको शरीरमा लागेको रोग निको हुने अवस्थामा थिएन । श्रीमान् तेजप्रसादको पनि बाख्रालाई घाँस काट्न रुख चढ्दा लडेर खुट्टा भाँचिएको थियो । उनको खुट्टामा लगाएको स्टिल पनि कमजोर आर्थिक अवस्थाकै कारण निकाल्न सकेका थिएनन् ।
२०६१ सालमा ताप्लेजुङको खेवाङबाट बसाइँ आएका भट्टराई दम्पतीको एकमात्र छोरा खगेन्द्र हुन् । १ कट्ठा जग्गा र त्यसमा बनेको घरबाहेक भट्टराई दम्पतीको केही थिएन ।
सम्बन्धित खबर
रवि लामिछानेविरुद्ध पर्सा अदालतमा पनि मुद्दा दर्ता, सानोपाइला सहकारीमा १ अर्ब ३२ करोड अपचलन दाबी
भारतबाट फर्किनेमा कोरोना जोखिमः १६ संक्रमित, कीट नहुँदा परीक्षणमा समस्या
हृदयन्द्रले बेल्चा र हम्मर चलाउँदै गरे बर्थिङ सेन्टर शिलान्यास
सुत्ने कोठामै नवविवाहिताको शव फेला, पति र सासु फरार
गण्डकी सरकारले स्थगन गर्नासाथ यातायात व्यवसायीको आन्दोलन फिर्ता, गाडी चल्न थाले
सरकार र यातायात व्यवसायीबीच छलफलः माग पूरा गर्न सहसचिवको संयोजकत्वमा समिति गठन
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार