पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले सुनका गरगहना चोरी गर्ने एक युवतीसहित दुई जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -१२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट अन्दाजी १६ तोला बराबरको सुनका गरगहना चोरी गर्ने सोही घरकी कामदार पर्सा जिल्ला पर्सागढी नगरपालिका -२ स्थायी घर भएकी २२ वर्षीया शिवदेवी चौधरी र मोवाइल पसलका संचालकलाई पक्राउ गरेको हो।

चोरी भएका सुनका गरगहना। तस्बिर : जिल्ला प्रहरी कार्यालय कास्की
सोमबार अन्दाजी १ बजे उक्त घरको कोठाबाट सुनका गरगहना चोरी भएको भन्दै पीडितले दिएको उजूरीको आधारमा वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले गरेको अनुसन्धान पश्चात सोही घरको कामदारको रूपमा रहेकी चौधरीलाई पक्राउ गरेको थियो। पक्राउ पश्चात चौधरीसँग प्रारम्भिक बयान लिने क्रममा उनले पोखरा -१० बुद्धचोक स्थित एक मोवाइल पसलमा गरगहना लुकाउन दिएको खुल्न आएपछि प्रहरीले मोवाइल पसलका संचालकलाई पनि पक्राउ गरेको हो।
हाल पक्राउ परेका उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’