जुम्ला। १६ दिन देखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलवार भेरी नदिमा शब फेला परेको छ।
त्रिपुरासुन्दरी नगरपालिका-५ मा पर्ने करबगाडस्थित चिन्ढेबगर नजिक भेरी नदिको किनारमा मेजर पण्डितको मृत शब फेला परेको हो।
भेरी नदिमा माछा मार्न जाल खेल्दै जाने क्रममा विहान ६ बजेतीर त्रिपुरासुन्दरी-५ का परिमल भनिने सिबमल सार्कीले चिण्ढेबगरस्थित किनारमा लाश देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खवर गरेका थिए।
दुई ओटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको बाँया हातमा घडि र दायाँ हातको कान्छी औलामा औठी देखेपछि आफूले बेपत्ता मेजर हुनकी भनेर जाल खेल्न छाडेर चौकीमा पुगेर खवर गरेको उनले बताए।
सार्कीले खवर गर्ने वित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयमा खवर गरेको थियो। प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीको कमाण्डमा उद्धार सामाग्री सहित नेपाली सेनाका मेजर रवि शाहको टोली शब फेला परेको चिण्ढेबगरमा पुगेको थियो।
भेरी नदिको किनारमा ढुङ्गाको खोचमा रहेको शब बाहिर निकालेर हेर्दा घडि औठीबाट शब पुष्टि भएको बुढाथोकीले बताए। फेला परेको शबको मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल दुनैमा लगिने तयारी भइरहेको उनले बताए। काठमाण्डौस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेवाट बेपत्ता भएका थिए ।
सम्बन्धित खबर
रसुवा बाढी क्षति: ९ जनाको शव भेटियो, १९ अझै बेपत्ता
सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता, अझै ३४ अर्बभन्दा बढी फिर्ता हुन बाँकी
‘मेरी बास्सै’ मा अप्सरा बनेकी कलाकार लक्ष्मी श्रेष्ठको निधन
संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर फैसला पूर्णपाठ
सेभियामा आयोजित साइड इभेन्टमा युवाहरूद्वारा न्यायोचित वित्तको नेतृत्व
१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा