पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आजदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप दिन सुरु गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गण्डकी प्रदेशमा १४ वर्ष लागेर १५ वर्ष उमेर पूरा नभएका किशोरीलाई ‘एचपीभी’ खोप दिइएको हो ।
विसं २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीलाई खोप दिइएको अस्पतालले जनाएको छ । किशोरीलाई पाठेघरको क्यान्सर लाग्न नदिनका लागि सरकारले सात प्रदेशका सात अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज र भोलि दुई दिन खोप कार्यक्रम सञ्चालन हुने अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ एवं एईएफआई कमिटीका अध्यक्ष डा. रामचन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सुरु गरिएको कार्यक्रममा गण्डकी प्रदेशका नौ सय किशोरीलाई खोप लगाइने छ ।

‘अन्य खोप जस्तै यस ‘एचपीभी’ खोप पनि सामान्य र सुरक्षित छ । किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि खोप अत्यन्त प्रभावकारी छ’, डा बास्तोलाले भने, ‘विदेशमा यो खोप पहिलदेखि नै वितरण गरिए पनि नेपालमा अहिलेदेखि सुरुआत गरिएको हो । अबदेखि नियमित सञ्चालन हुन्छ ।’
खोपको अपर्याप्तताका कारण अहिले थोरै मात्रामा मात्र लगाइने अस्पतालले जनाएको छ । सरकारले गण्डकी प्रदेशमा नौ सय २० मात्रा खोप पठाएको छ । खोप लगाउने क्रममा केही बिग्रन सक्ने भएकाले थोरै मात्रा जगेडामा राखिएको अस्पतालले जनाएको छ ।
बाल रोग विशेषज्ञ डा. बास्तोलाले अस्पतालमा खोप कार्यक्रमका क्रममा कुनै समस्या आएमा त्यसको व्यवस्थापनका लागिसमेत तयारी गरिएको जानकारी दिए। उनका अनुसार खोपका बारेमा जानकारी दिनका लागि एकजना परामर्शदाताको व्यवस्था गरिएको छ ।

खोप लगाएपछि ३० मिनेटसम्म शान्त ठाउँमा राख्ने गरिएको डा. बास्तोलाले बताएका छन् । ‘खोपपछिको समस्या आएमा व्यवस्थापनका लागि तयारीमा छौँ । खोप सुरक्षित छ, क्यान्सरजस्तो खतरनाक रोगबाट जोगिनका लागि खोप लगाउन सबैले किशोरीलाई हौसला दिनुपर्छ’, उनले भने।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?