पोखराको बिरौटा स्थित फेवा पावरहाउस लगिएको नहरमा एक महिलाको शव फेला परेको छ । स्थानीय पोखरा १७ निवासी पवित्रा बराल मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।
आज दिउँसो बरालको शव भेटिएको हो । ५८ वर्षीया बराल हिजोदेखि घरबाट सम्पर्कविहीन भएकी थिइन् । परिवारले बुटवल जान्छु भनेर भनेको सुनेको र शुक्रबारदेखि नै हराएको भनी सूचना पनि सामाजिक सञ्जालमा प्रवाह गरेका थिए ।
प्रहरीका अनुसार यसअघि पनि बराललाई नहरमा बग्दै गरेको अवस्थामा देखेपछि उद्धार गरिएको थियो । पछिल्लो समय अस्वस्थताका कारण आफ्नै सुरमा हिँड्ने गरेको प्रहरीको भनाई छ ।
स्थानियले ड्यामसाइड नजिकै स्थानबाट मान्छे खसेको जस्तो देखिएको शुक्रबार नै जानकारी दिएपछि हिजो दिउँसैबाट खोजी गरिएको डिएसपी जोशीले जानकारी दिए ।
राम मन्दिर नजिकै बैदामको नहरमै यसअघि पनि स्याङ्जाका कर्णबहादुर केसी मृत भेटिएका थिए । गत साउन २६ गते अर्जुन चौपारी २ घर भई हाल काजीपोखरी बस्दै आएका ४४ वर्षीय केसी मृत भेटिएका थिए ।
स्याङ्जा घर भएका गंगाप्रसाद सुवेदीले २०७३ असोज १ गते यही नहरमा परेर ज्यान गुमाएका थिए । बिरौटा सडक छेउबाटै सुवेदी बगेका थिए । फेवा ड्यामबाट सुरु हुने यो नहरमार्फत् फेवा पावरहाउसमा पानी लगिएको छ । नहर खुल्ला हुँदा यस्ता घटना हुने गरेका छन् । पोखरामा ठूलो वर्षा हुँदाको समय यो नहरमा सडक सतह बराबर पानी बग्छ । जसले दुर्घटनाको जोखिम बढाएको छ ।
तस्वीरः 4K Nepal, मृतक तस्वीरः सञ्जय शर्मा मार्फत् (दारी ग्याङ)
सम्बन्धित खबर
पोखरामा भानु जयन्ती विविध कार्यक्रम गरी मनाइँदै
भूतपूर्व सैनिक तथा प्रहरी संगठन पोखरामा भोज बहादुर
रेडियो अन्नपूर्ण “सम्झनामा आदिकवि” विशेष कविता वाचन सम्पन्न
र्यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा
साधना केन्द्रमा रुद्राभिषेक लगायत अनुष्ठान सुरु
छोरेपाटन माविका अध्यक्षमाथि भएको अपराधिक आक्रमणको अनेरास्ववियु कास्कीद्वारा भर्त्सना
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा