पाेखरा । पत्रकार उमेश पुन सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । सहारा क्लब पोखराले वर्षेनी प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुन पुरस्कृत भएका हुन् ।
क्लवको रजतजयन्तीको अवसरमा शनिबार पोखरा–१७ दोबिल्लास्थित सहारा एकेडेमीमा आयोजित जयन्ती समारोहमा फोटो पत्रकार पुनलाई नगद २५ हजारसहित दोषल्ला र सम्मान पत्रकले पुरस्कृत गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुनलाई सम्मान गरेका थिए । पुन डेढ दशकदेखि फोटो पत्रकारितामा सकृय छन् ।
रजत जयन्तीको अवसरमा क्लवले सदस्यको तर्फबाट धमेन्द्र बराल, संस्थापक सल्लाहकार जयलाल पुन, सहारा क्लबका सल्लाहकार महेश गुरुङ, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, डा.नारायण गौतम, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी, पत्रकार रामकृष्ण ज्ञवाली, हिमश्री फुड्सकी निर्देशक प्रेमकुमारी केसी, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, उमादेवी गुरुङ, विल तामाङ (मरणोपरान्त), उगेन लामा, मुक्षेत्र गुरुङ, सहारा क्लब युके, सहारा क्लब हङकङ तथा सहारा क्लब अष्ट्रेलिया लगायतका व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।
फुटबल तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको क्लबले हालसम्म अक्षयकोषमा दुई करोड ८५ लाख रुपैयाँ पुर्याएको जनाएको छ । क्लबले सहारा बाल आधारभूत विद्यालयलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । क्लबले अहिले सहारा एकेडेमीमा चौथो व्याचका ११ जना बालकहरुलाई भर्ना गरेको छ । क्लबले तेस्रो चरणका २८ जना बालकलाई गत चैतमा विदाई गरेको थियो ।
२३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपलाई लिगकम नकाउटमा सञ्चालन गर्न आवश्यक अध्ययन गर्ने जनाएको छ १३ औं अधिवेशनमा मुख्य एजेण्डाको रुपमा छलफल गरिने क्लबका अध्यक्ष सुरज गुरुङले जानकारी दिए । उनका अनुसार एजेण्डालाई अधिवेशनले पास गरे आगामी वर्ष आर्थिक सहयोग जुटाई गोल्डकपलाई लिगमा सञ्चालन हुनेछ ।
क्लबले आगामी वर्षको कार्यक्रममा एकेडेमी सञ्चालन, एकेडेमीको भौतिक पूर्वाधार मर्मत सम्भारलाई निरन्तरता दिने उल्लेख गरेको छ । व्यावसायिक फुटबल प्रशिक्षण तथा ग्रासरुट फुटबल प्रशिक्षण सञ्चालन गर्ने उद्देश्य समेत क्लबले राखेको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो