काठमाण्डाै। अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव दुई सय १० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो काठमाण्डाैले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने ६ जना र खैरो हेरोइनसहित ४ गरी १० जनालाई पक्राउ गरेकाे हो ।
‘पार्सल’ मा गाँजा रहेको पत्ता लागेपछि उनीहरूलाई पक्राउ गरिएको हो । ब्यूरोका अनुसार अमेरिकाबाट हुलाकमार्फत डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएकोमा एउटा कार्टुन शङ्का लागि जाँच गर्दा नौ सय ग्राम गाँजा बरामद गरिएको हो । त्याे कार्टुन पार्सल लिन आउने व्यक्ति खोज्न ‘कन्ट्रोल डेलिभरी’ गर्दा वीरगञ्जका डल्लुराम र त्यही ठाउँका हविव मियालाई पक्राउ गरिएको हो ।
यस्तै, जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुने गरी पठाइएको अर्काे कार्टुन जाँच गर्दा एक किलो चार सय ग्राम गाँजा फेला परेको ब्युरोले जनाएको छ । त्यही क्रममा गाँजा लिन आउने भारतीय नागरिक २४ वर्षे अजिन भर्गेसलाई हुलाक कार्यालयबाटै पक्राउ गरिएको हो । प्रहरीले उनको डेराबाट थप सात सय २० ग्राम गाँजा बरामद गरिएको जनाएको छ ।
हुलाकमार्फत आएको गाँजा लिन आउने डडेलधुराकी रेनुका तामाङ सहित गाँजा लिन पठाउने भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पनि पक्राउ परेका छन् ।
यस्तै, खैरो हेरोइनसहित कञ्चनपुरका हिक्मत हमाल, दाङका सञ्जय नेपाली, मोरङका विनोद भट्टराई र झापा बस्ने भारतीय नागरिक लाल मियालाई पनि पक्राउ गरिएको छ। उनीहरूको साथबाट दुई सय ६८ ग्रामभन्दा बढी खैरो हेरोइन बरामद भएको छ ।
पक्राउ परेका उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
सम्बन्धित खबर
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो