एशिया कपको उपाधि भारतले सहजै जितेको छ। आइतबार भएको फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो।
जितका लागि श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष्य भारतले ६ ओभर १ बलमा बिना विकेटको क्षतिमा भेट्टायो। भारतको जितमा शुभमन गिलले अविजित सर्वाधिक २७ तथा इशान किशनले २३ रनको योगदान गरे।
त्यसअघि श्रीलंकाको राजधानी कोलम्बोस्थित प्रेमदासा रंगशालामा टस जितेर ब्याटिङ थालेको घरेलु टोलीले जितका लागि भारतसामु एकदिवसीय क्रिकेटको इतिहासमा अहिलेसम्मकै सबैभन्दा थोरै ५१ रनको लक्ष्य दिएको थियो।
एकदिवसीय ढाँचामा सबैभन्दा थोरै रन सन् १९८८ मा श्रीलंकाले एशिया कपकै फाइनलमा ४३ ओभर २ बलमा अलआउट हुँदै भारतलाई १७६ रनको लक्ष्य दिएको थियो। त्यस क्रममा जवाफी ब्याटिङ गरेको भारतले ३७ दशमलव १ ओभरमा ४ विकेट गुमाएर १८० रन बनाउँदै ६ विकेटले जितेको थियो।
श्रीलंकाका लागि कुशल मेण्डिसले सर्वाधिक १७ र दुषण हेमन्थले अविजित १३ रन बनाए पनि अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन्।
धनञ्जय डि सिल्भा ४ तथा पाथुम निशान्का २ रन बनाएर पभेलियन फर्कंदा कुशल परेरा, चारिथ आसालान्का, दासुन शानक, मथिशा पाथिराना र सदीरा समर विक्रमाले खाता नै खोल्न सकेनन्। श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा भारतीय बलर मोहम्मद सिराजले घातक बलिङ गरे। ७ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै २१ रन दिएर सर्वाधिक ६ विकेट हात पारे। हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए।
एसिया कप इतिहासमा भारतले सन् १९८४, १९८८, १९९०–९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो।
तीव्रगतिका बलर मोहम्मद सिराज चम्किएपछि भारतले सहज जित हात पारेको हो । सात ओभर बलिङ गरेका सिराजले २१ रन खर्चिएर ६ विकेट लिएका थिए । सिराज म्यान अफ दी म्याच भए भने म्याद अफ दी सिरिज भारतीय बलर कुलदीप यादव भएका छन् ।
यादव एसिया कपको सर्वोत्कृष्ट खेलाडी बनेका हुन्। फाइनलमा १ विकेट पनि लिन नसकेका यादवले प्रतियोगितमा ५ खेलमा ९ विकेट लिएका थिए ।
भारतले श्रीलङ्कालाई फाइनललाई हराएर आठौँ पटक उपाधि जित्दा कुलदीपको भूमिका महत्त्वपूर्ण रह्यो । उनले फाइनलमा १ ओभर गर्दै १ रन दिए । कुलदीपले ५ खेलमा २८ ओभर ३ बल गरे र यस क्रममा १ सय ३ रन दिँदै ९ विकेट लिए । उनले पाकिस्तानसँगको खेलमा २५ रन दिँदै ५ विकेट लिए ।
सम्बन्धित खबर
उत्कृष्ट प्रदर्शनका बाबजुत भारतसँग हार्यो नेपाल, क्वार्टरफाइनलबाट बाहिरियो
माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल क्वार्टरफाइनलमा
पोखरा लिङ्कन कलेजले जित्यो ईन्टर कलेज ब्याण्ड कम्पिटिशनको उपाधि
तनहुँमाथि कास्की ३७ रनले विजयी
फुटबलर विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन
ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा १८ कलेजका २१ टिमले प्रतिष्पर्धा गर्ने
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल