गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
झापाको शिवसताक्षी नगरपालिकामा घाँस काट्न रुखमाथि चढेका एकजना ज्येष्ठ नागरिक रुखको कापमै अड्किएको अवस्थामा मृत फेला परेका छन् ।
शिवसताक्षी ८ का ७५ वर्षीय सन्तबहादुर तामाङको रुखमाथि नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाख्रालाई घाँस काट्न खरीको रुखमा चढेका उनी घाँस काट्दै गर्दा रुखमै बेहोश हुँदा हाँगामा अड्किन पुगेका थिए ।
करिब ४० फिट अग्लो खरीको रुखको हाँगामा बेहोश भएर अड्किएका उनलाई तत्काल परिवारले देखेर इलाका प्रहरी कार्यालय झिलभिलेमा खबर गरेका थिए । रुखमुनि बसेर श्रीमती फुलमाया तामाङ र छोरा कुमार दोर्जे तामाङ घाँस बटुल्दै थिए ।
तामाङ उच्च रक्तचापको बिरामी भएको बुझिएको छ । झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालका अनुसार तामाङलाई प्रहरीले उद्दार गरी रूखबाट तल निकालेको थियो । तर, तामाङको रुखमै मृत्यु भइसकेको थियो ।
सम्बन्धित खबर
दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
नेपालगञ्जमा हिन्दू र मुस्लिमबीच तनाब, स्थानीय प्रशासनद्वारा कर्फ्यू जारी
‘साला पहाडमें क्या है’ सार्वजनिक
महिलालाई खाजा खाने भन्दै रेष्टुरेन्टमा लगी करणी गरेको अभियोगमा एक पक्राउ
अनमोलप्रति प्रदीपको कटाक्ष- ‘बिहे गरेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन’
अनमोल केसीलाई हाजिरी जमानीमा छाडियो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल