पोखरा महानगरपालिकाले पूर्ववत् रूपमा विद्यालय खोल्ने निर्देशन दिएलगत्तै पोखरा महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले आन्दोलन र माग पूरा नभएसम्मका लागि विद्यालय बन्द कार्यक्रम कायम रहने जवाफ फर्काएका छन् ।
आज एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले अर्को सूचना नभएसम्मका लागि विद्यालय बन्द रहने जनाएका छन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एक विज्ञप्तिमार्फत पूर्ववत् रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएका थिए ।
विज्ञप्तिको पूर्ण पाठ :
सङ्घीय संसद् सचिवालय, संस भवन सिंहदरबार, काठमाडौंमा दर्ता गरिएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० सम्बन्धमा असहमति राख्दै नेपाल शिक्षक महासङ्घले गरेको ‘काठमाडौं केन्द्रित आन्दोलन र माग पूरा नभएसम्मको लागि विद्यालय बन्द कार्यक्रम’ लाई पूर्ण समर्थन गर्दै पोखरा महानगरपालिकाभित्रका तपसिलमा हस्ताक्षर भएका प्रधानाध्यापकहरूको मिति : २०८० आश्विन ४ गते बिहान ८:०० बजे राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा-१ , पुरानो टुँडिखेलमा बसेको बैठकले अर्को सूचना नभएसम्मका लागि विद्यालयहरुको पठन पाठन बन्द गर्ने निर्णय गरिएको छ ।
यस अवधिमा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिप्रति अत्यन्त संवेदनशील हुँदै उक्त क्षतिलाई आगामी दिनमा विद्यालयले निर्धारण गरेका बिदाका दिनहरू कटौति गरी पूरा गराउने सामूहिक/सार्वजनिक प्रतिबद्धतासहित यस पेसागत अधिकार प्राप्तिको महान् अभियानमा सहयोग गर्न समस्त शैक्षिक सरोकारवालाहरू क्रमश: शिक्षकहरू, कर्मचारीहरू, विद्यार्थीहरू, पत्रकारहरू, अभिभावकहरू, शिक्षाविद्हरूलगायत सम्पूर्ण आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन