नेकपा एमाले गण्डकी प्रदेश कमिटिको यही असोज १५ र १६ गते पोखरामा प्रथम अधिवेशन हुँदैछ । नयाँ नेतृत्वमा उपसचिवदेखि केन्द्रीय सदस्यसम्मकाले आकांक्षा जनाएका छन् ।
नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको प्रतिनिधिका लागि केन्द्रीय सदस्यहरु कृष्ण थापा र राजीव पहारीले कास्कीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
थापा र पहारीले प्रतिनिधिका लागि शनिबार उम्मेदवारी दर्ता गराएका हुन् । कास्कीमा प्रतिनिधि छनोटका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ । थापा र पहारी प्रदेशको नेतृत्व लिने आंकाक्षीका रुपमा देखिएका छन् । दुवैले प्रदेशको नेतृत्वले लिने चाहनासहित प्रतिनिधि छनोटमा मनोनयन दर्ता गरेको बताइन्छ ।
प्रदेश अधिवेशन प्रतिनिधि नबनेकाहरू प्रदेश अध्यक्षको उम्मेदवार बन्न पाउँदैनन्। एमालेमा जिल्ला अध्यक्षहरू प्रदेश कमिटीका पदेन सदस्य हुने छन्। यस्तै, प्रदेश अध्यक्ष पदेन पोलिटब्युरो सदस्य हुने व्यवस्था छ।
प्रदेश अध्यक्षको पोर्टफोलियो पोलिटब्यूरो सदस्य समान हुने भएकाले पनि केन्द्रीय सदस्यहरु प्रदेश अध्यक्ष हुन लालायित भएका हुन् । यदि नेतृत्व चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दर्ता गरेको खण्डमा साविकको पद रिक्त हुन जान्छ ।
एमालेको विधान अनुसार कुनै पनि कमिटीको पदाधिकारी, सदस्य रहेको व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यको उम्मेदवार भएमा स्वतः पद रिक्त हुन्छ ।
‘कुनै पनि कमिटिको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भएमा पद रिक्त भएको मानिने छ,’ विधानको धारा ६७ (४) मा उल्लेख छ।
गत भदौ १४ गते बसेको संगठन विभागको बैठकमा केन्द्रीय सदस्यले प्रदेशमा उम्मेदवारी दिएको खण्डमा के हुने भन्ने विषय उठेको थियो । महासचिव शंकर पोखरेलले विधानको ब्याख्या गर्दै प्रतिनिधिका लागि फरक नपर्ने तर उम्मेदवार बनेपछि पद रिक्त हुने स्पष्ट पारेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन