नेकपा एमाले गण्डकी प्रदेश कमिटिको यही असोज १५ र १६ गते पोखरामा प्रथम अधिवेशन हुँदैछ । नयाँ नेतृत्वमा उपसचिवदेखि केन्द्रीय सदस्यसम्मकाले आकांक्षा जनाएका छन् ।
नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको प्रतिनिधिका लागि केन्द्रीय सदस्यहरु कृष्ण थापा र राजीव पहारीले कास्कीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
थापा र पहारीले प्रतिनिधिका लागि शनिबार उम्मेदवारी दर्ता गराएका हुन् । कास्कीमा प्रतिनिधि छनोटका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ । थापा र पहारी प्रदेशको नेतृत्व लिने आंकाक्षीका रुपमा देखिएका छन् । दुवैले प्रदेशको नेतृत्वले लिने चाहनासहित प्रतिनिधि छनोटमा मनोनयन दर्ता गरेको बताइन्छ ।
प्रदेश अधिवेशन प्रतिनिधि नबनेकाहरू प्रदेश अध्यक्षको उम्मेदवार बन्न पाउँदैनन्। एमालेमा जिल्ला अध्यक्षहरू प्रदेश कमिटीका पदेन सदस्य हुने छन्। यस्तै, प्रदेश अध्यक्ष पदेन पोलिटब्युरो सदस्य हुने व्यवस्था छ।
प्रदेश अध्यक्षको पोर्टफोलियो पोलिटब्यूरो सदस्य समान हुने भएकाले पनि केन्द्रीय सदस्यहरु प्रदेश अध्यक्ष हुन लालायित भएका हुन् । यदि नेतृत्व चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दर्ता गरेको खण्डमा साविकको पद रिक्त हुन जान्छ ।
एमालेको विधान अनुसार कुनै पनि कमिटीको पदाधिकारी, सदस्य रहेको व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यको उम्मेदवार भएमा स्वतः पद रिक्त हुन्छ ।
‘कुनै पनि कमिटिको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भएमा पद रिक्त भएको मानिने छ,’ विधानको धारा ६७ (४) मा उल्लेख छ।
गत भदौ १४ गते बसेको संगठन विभागको बैठकमा केन्द्रीय सदस्यले प्रदेशमा उम्मेदवारी दिएको खण्डमा के हुने भन्ने विषय उठेको थियो । महासचिव शंकर पोखरेलले विधानको ब्याख्या गर्दै प्रतिनिधिका लागि फरक नपर्ने तर उम्मेदवार बनेपछि पद रिक्त हुने स्पष्ट पारेका थिए ।
सम्बन्धित खबर
पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन
भानु जयन्तीका अवसरमा कार्यक्रम
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने
राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षारोपण र गोडमेल
विश्वभरका नेपाली युवा उद्यमी जोड्दै फिने, गण्डकीको संयोजकमा कृष्ण आचार्य
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा