आयोजक नेपाल साफ यू–१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान सुनिश्चित गरेको हो । दुई मध्ये एक खेलमा जित तथा एक खेलमा हार भोगेको नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा पाकिस्तानसँग १–० को गोल अन्तरले पराजय भोगेको थियो ।
समूह ‘ए’ बाट पाकिस्तान चार अंकसहित पहिलो हुँदै सेमिफाइनलमा पुग्यो । नेपाल भने तीन अंकसहित दोस्रो हुँदै अगाडि बढेको हो । समूहगत चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएपछि माल्दिभ्स भने उपाधि होडबाट बाहिरिएको छ ।
यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली पाकिस्तानसँग ०—१ गोलले पराजित भएको थियो । पाकिस्तान र माल्दिभ्सबीचको खेल भने १—१ गोलको बराबरीमा सकिएको थियो । त्यसैले समूहगत चरणको सोमबार खेलिएको अन्तिम खेलमा नेपाली टोली जित्नै पर्ने दबाबमा थियो ।
खेलको प्रारम्भदेखि नै नेपालले माल्दिभ्सलाई दबाबमा राखेको थियो । घरेलु मैदानमा नेपालले दुई गोल पहिलो हाफमै गरेको थियो । खेलको दोस्रो हाफमा नेपालले दुई गोल थपेको थियो भने माल्दिभ्सले एक गोल फर्काएको थियो ।
नेपालका लागि प्रशान्त लक्सम र समिर तामाङले एक—एक गोल गरेका गरेका थिए । उनले खेल सुरु भएको १७औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । निर्धारित समयको ३०औँ मिनेटमा समिर तामाङले नेपालको अग्रता दोब्बर बनाएका थिए ।
खेलको पहिलो हाफमै दुबै टोली १०—१० खेलाडीमा समेटिएका थिए । निर्धारित समयको ३४औँ मिनेटमा नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहम्मद ईयान हसन रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
निर्धारित समयको ५८औँ मिनेटमा माल्दिभ्सका लागि आदम लयान रसिदले जवाफी गोल गरेका थिए । त्यसपछि निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि निराजन धामीले नेपालका लागि तेस्रो गोल गरेका थिए । त्यसलगत्तै दोस्रो हाफको इन्जुरी समयमा समिर तामाङले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै नेपाललाई सजिलो जित दिलाएका थिए ।
समूह ‘बी’ बाट भने भारत र भुटान प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पक्का भइसकेको छ । तर, समूह विजेताको टुंगो लाग्न भने बाँकी छ । भारत र भुटानबीच सोमबार साँझ खेलिने समूहगत चरणको अन्तिम खेलपछि समूह विजेताको टुंगो लाग्नेछ । लगातार दुई खेलमा पराजित भएको बंगलादेश भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।
सम्बन्धित खबर
क्लबस्तरीय भलिबलः आधिखोला र पोखरा भेट्रान्सलाई उपाधि
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रंगशाला बन्दै
साफ यू–२० महिला च्याम्पियनसिपमा भूटानलाई ६–१ गोल अन्तरले हराउँदै नेपालको विजयी सुरुवात
क्लबस्तरीय भलिबलः घान्द्रुक र आधिखोला उपाधिका लागि भिड्ने
पोखरामा क्लबस्तरीय भलिबलः घान्द्रुक क्रोम्छे शीर्ष स्थानमा
पोखरामा क्लबस्तरीय भलिबलः लिग चरणका तीन खेल सम्पन्न
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा