काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग नेपाल टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित भएको हो ।
टाइब्रेकरमा नेपालका प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न चुकेपछि नेपाल पराजित भएको हो । नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका थिए ।
त्यस्तै भारतका लागि अर्जुनसिंह ओइनाम, ग्वाग्व्मसर गोएरी र मङ्लेनथाम किपगेनले गोल गरे । दिनेश सिंह सौवम र रिक्की हओबमको प्रहार विफल भएको थियो ।
यसअघि खेलको निर्धारित समयसम्मको खेल १–१ गोलको बराबरी सकिएपछि खेल टाइब्रेकरबाट पुगेको हो । नेपालले पहिलो र दोस्रो हाफमा केही राम्रा अवसर गोलमा परिणत गर्न नसक्दा फाइनल पुग्ने अवसरबाट वञ्चित रह्यो।
खेलमा पहिलो अग्रता भने भारतले लियो । खेलको २६औँ मिनेटमा भारतका खेलाडी गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट गोल गरे ।
त्यसपछि खेलको ७४ मिनेटमा नेपालका समीर तामाङले एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । उनले दीपक थापा मगरको असिस्टमा हेड गोल गरेका हुन् ।
हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । भारतले फाइनल खेलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ । फाइनल खेल शनिबार हुनेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा भुटानलाई सडेन डेथमा ६–५ ले हराउँदै फाइनलमा स्थान बनाएको हो।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो