नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अष्ट्रेलिया उडेका छन् । उनी देश छोडेर अष्ट्रेलियातर्फ प्रस्थान गरेको तस्वीर सार्वजनिक भएको छ ।
नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् । उनको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई अनुबन्ध गरिएको छ ।
पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन् । हालैमात्र स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविपासवान र निशान खड्का अस्ट्रेलिया उडेका थिए ।
यसअघि सुरक्षित भविष्यको खोजीमा राष्ट्रिय फुटबल टिमका धेरै खेलाडीहरू अस्ट्रेलिया पलायन भइसकेका छन् । दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल, विमल राना, रेजिन सुब्बा लगायतका ३५ भन्दा बढी खेलाडीहरू विदेशिएका छन् ।
यसरी विदेशिने खेलाडीहरुको सूचीमा उमेर समूहको राष्ट्रिय टिमबाट खेलेका र सिनियर टिमबाटै अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडीहरुको बाहुल्य छ ।
सिनियर टिमको ब्याकअप मानिएको एउटा पुस्ताकै पलायनले राष्ट्रिय टिमको सन्तुलनमा नै असर पर्ने अवस्था आइसकेको जानकारहरू बताउँछन् । अहिले नेपालको राष्ट्रिय टिमबाट नियमित खेलिरहेका विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, सुजल श्रेष्ठ लगायतका खेलाडीहरु करिअरको उत्तरार्धतिर छन् । उनीहरुलाई प्रतिस्थापन गर्नेसक्ने क्षमता भएका खेलाडीहरु विदेशिँदा राष्ट्रिय टिमसँगै क्लब फुटबलको सन्तुलनमा असर पर्न थालेको छ ।
७ वर्षअघि करिअरको उत्कर्षमा रहँदाकै समयमा जगजित श्रेष्ठ अष्ट्रेलिया पुगेका थिए । त्यसपछि शुलभ मास्के, हेमन गुरुङ, एलन न्यौपानेहरु पनि अस्ट्रेलिया हानिए । पछिल्लो वर्ष भने अस्ट्रेलिया जान खेलाडीको लर्को नै लागेको छ ।
राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका उनीहरू सुन्दर भविष्यको खोजीका लागि अस्ट्रेलिया हिँडेका हुन् । पछिल्लो समय नेपाली राष्ट्रिय टिमबाट खेलिरहेका तथा क्लबमा राम्रो प्रदर्शन गरेका फुटबलरहरू सुन्दर भविष्यको खोजीमा अस्ट्रेलिया जाने क्रम बढेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)सँग खेलाडी पलायन रोक्न कुनै ठोस योजना छैन । अहिलेसम्म विदेशिएका खेलाडीको तथ्यांक संकलन गर्न पनि जरुरी ठानेको छैन । एन्फा उपाध्यक्ष दावा तामाङले त गत माघमा अनलाइनखबरका पत्रकारसँग सिधै भनेका थिए, ‘खेलाडी गए भनेर एन्फाले एयरपोर्ट पुगेर रोक्ने कुरा हुँदैन । उनीहरुको व्यक्तिगत स्वतन्त्रता हो ।’

अष्ट्रेलिया उड्नुअघि दिनेश र तेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

अष्ट्रेलियामै स्थानीय फुटबल खेलिरहेका अभिषेक रिजाल
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला