नायक अनमोल केसी प्रहरी नियन्त्रणमा रहेकाे खबर छ । अपराधिक छलकपट गरेकाे आरोपमा केसीलाई भक्तपुरको साँगाबाट प्रहरीले पक्राउ गरेकाे हो ।
केसीले ‘रावायण’ फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गरेपनि आफूले साइन नगरेको र सम्झौता नै नभएको भन्दै हिँडेपछि निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असाेज ८ गते उजुरी दिएकी थिइन् ।
केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए । तर ‘रावायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिएकी थिइन् ।
केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् । अन्य कलाकारहरूसहित गरेर निर्माण प्रक्रियामा एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उनी विरुद्ध उपत्यका प्रहरी कार्यालयमा उजुरी परेको थियो।
प्रहरीका अनुसार अनमोललाई छलफलका लागि पटक-पटक सम्पर्क गरेर बोलाउँदा पनि उनी नआएपछि उजुरी र उजुरीसँग संलग्न प्रमाणको आधारमा अदालतबाट पक्राउ अनुमति मागेको र अदालतबाट पक्राउ अनुमति आएपछि शुक्रवार भक्तपुरको साँगामा फेला परेपछि पक्राउ गरेको बताइन्छ ।
पूर्वनिर्धारित तालिका अनुसार चलचित्र गएको बुधबारबाट छायांकन हुनुपर्ने थियो । तर, अनमोल छायांकनका लागि तयार नभएपछि निर्माण पक्षले उनीसँग पैसा फिर्ता मागेको थियो । अनमोलले केही दिन अगाडि फेसबुकमा फिल्म चयन गर्दा ध्यान दिने र आफूले अभिनय गर्ने फिल्मबारे आफ्नै सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने लेखेका थिए।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन