रूपन्देहीको बुटवलस्थित कालिकानगरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकाे सालिक स्थापना गरिएको छ ।
सिद्धार्थ राजमार्गको बुटवल-बेलहिया सडकखण्डअन्तर्गत बुटवल उपमहानगरपालिका-१०, कालिकानगरमा शाहकाे पूर्ण कदकाे सालिक स्थापना गरिएको हाे । बुटवलकाे कालिका मानविज्ञान माध्यमिक विद्यालयको मुख्य प्रवेशद्वार भन्दा उत्तरतर्फकाे सडकको बीचमा पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको छ ।
बुटवल-१० का स्थानीयहरूले राष्ट्र निर्माणमा शाहकाे महत्त्वपूर्ण याेगदान रहेकाले सालिक निर्माण गरेको बताएका छन् । सालिक निर्माणका लागि बुटवल उपमहानगरपालिका र वडा कार्यालयबाट समेत रकम विनियाेजन गरिएको थियो । गत २७ पुसमा वडाध्यक्ष बलु पुनले शिलान्यास गरेको सालिक निर्माणमा अगुवाइ गरेका राप्रपाका नेता रुपसिंह थापाले बताए ।
थापाका अनुसार शाहकाे सालिक २७ पुसमा पृथ्वी जयन्तीका दिन अनावरण गरिनेछ । ढलाेटबाट निर्माण गरिएको शाहकाे पूर्ण कदकाे सालिक ७ फिटकाे रहेको छ ।
बुटवलको गोलपार्कमा त्रिभुवन, महेन्द्रपार्कमा महेन्द्र, चाराहमा वीरेन्द्रको सालिक थियो । ती शालिक भत्काएर त्यहाँ कांग्रेस कम्युनिष्ट नेताको सालिक स्थापना गरिएको छ । कानून र इतिहासका अध्यापक युवराज कंडेलले एकछिनको आवेगमा सालिक भत्काएर कसैको इतिहास मेट्न नहुने बताउँछन् ।
‘बनाइएका सालिकले त्यो क्षेत्रमा पहिचान बनाइसकेका थिए, त्यो फालेर के क्रान्ति भयो ? भौतिक वस्तुले इतिहास संरक्षण गर्ने हो, नयाँ बनाउनेले नयाँ ठाउँमा खोजेको भए हुने थियो, विश्वका धेरै देशमा इतिहास संरक्षणमा यस्ता पुराना सालिक देख्न पाइन्छ, तर यहाँ भावना र उत्तेजनाको राजनीति बढी भयो’, उनको टिप्पणी छ ।
सम्बन्धित खबर
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु