नायक अनमोल केसी मुक्त भएका छन्। उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । उनलाई आइतबार बेलुकी हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।
आरोपितले प्रमाण नष्ट गर्न सक्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरीले हाजिरी जमानीमा छाड्न सक्ने व्यवस्थाअनुसार अनमोललाई मुक्त गरिएको हो। रिहा भएपछि अनमोल केसी घरबाट मगाएको गाडी चढेर प्रहरी कार्यालयबाट बाहिरिएका छन् ।
आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार पक्राउ परेका केसीलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले केसीकाे तीन दिन म्याद थपेकाेमा शुक्रबारबाट गणना भएकाले आजै म्याद गुज्रिएपछि उनी छाडिएका हुन् ।
‘रावायण’ फिल्म खेल्न उनले १० लाख रूपैयाँ लिएको तर पछि नखेल्ने भनेर रकम पनि फिर्ता नगरेको आरोप उनीमाथि छ। फिर्ता नगरेपछि निर्माता सुप्रिया कटवाल (निर्देशक सुदर्शन थापा पत्नी) ले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि प्रहरीले गत शुक्रबार केसीलाई पक्राउ गरेको हो।
शुक्रबार पक्राउ परेको र शनिबार सार्वजनिक बिदा भएकाले उनलाई अदालतमा उपस्थित गरिसकेको थिएन। आइतबार सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिएको थियो। अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले तीन दिनको म्याद दिएको थियो।
उनी प्रहरीको हिरासतमा बस्न नमानेपछि महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो। उनलाई अस्पतालबाटै आइतबार प्रहरी परिसर टेकु लगिएको थियो।
उनीविरुद्ध निर्माता सुदर्शन थापाले १० लाख लिएर पनि फिल्म नखेलेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। टेकुमा उनले आफूलाई अफगानिस्तान गएर फिल्म सुटिङ गर्ने निर्माता पक्षले बताएको खुलाएका थिए।
तर, चलचित्र ‘रावायण’को स्क्रिप्ट नै मन नगरेपछि खेल्दिनँ भनेको अवस्थामा आफ्नो खातातमा आएको पैसा पनि फिर्ता लैजान भन्दा निर्देशक–निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्स तयार नभएको उनले बताएका थिए।
अनमोलले आफ्नो खातामा आएको १० लाख फिर्ता दिन खोज्दा निर्माता पक्षले लैजान अस्वीकार गरेको अवस्थामा आफूविरुद्ध उल्टै अन्याय गरिएको बताएका थिए।

उनले निर्माता पक्षले प्राविधिकसहितलाई भुक्तानी गरेको १ करोड ५ लाख रुपैयाँसमेत आफूबाट तिराउन खोज्नु अन्याय हुने पनि बताएका थिए।
सम्बन्धित खबर
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन