नेकपा (एमाले) गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् ।
भर्खरै घोषित मत परिणाम अनुसार शर्माले ५३१ मत प्राप्त गरे भने प्रतिष्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । कूल ९०६ जनामध्ये ८९६ मत खसेकोमा शर्माले अधिकारीलाई १६६ मतले पछि पारेका हुन् ।
म्याग्दीका शर्मा तदर्थ समितिका अध्यक्ष पनि हुन् । उनी एमाले उपमहासचिव पृथ्वीसुब्बा समूहबाट चुनावी मैदानमा प्यानलसहित होमिएका थिए । यस्तै, लमजुङका मायानाथ अधिकारी केन्द्रीय सदस्य थिए । अध्यक्षमा पराजसँगै पार्टीको विधान अनुसार उनको केन्द्रीय सदस्य पद पनि गुमेको छ । प्रदेश अध्यक्ष पाेलिटब्यूराे सदस्य सरह वरियतामा रहने भएकाले केन्द्रीय सदस्यहरू पनि प्रदेश अध्यक्ष बन्न लालायित भएका हुन् । मायानाथ स्थायी कमिटि सदस्य खगराज अधिकारी समूहबाट नेतृत्व गरेका हुन् ।
पदाधिकारी सहित अधिकांश पदमा पृथ्वीसुब्बा समर्थित प्यानलकै जीत भएको छ । उपाध्यक्षमा शर्मा (पृथ्वीसुब्बा) कै प्यानलका मीनप्रसाद गुरुङ विजयी भएका छन् । स्याङ्जाका गुरुङले ५३४ मत पाउँदा मायानाथ (खगराज) पक्षीय नवलपुरका बाबुराम विश्वकर्माले ३६२ मत मात्र प्राप्त गरे ।

सचिवमा निवर्तमान सचिव लमजुङका धनञ्जय दवाडी नै विजयी भए । प्रत्यासी युवा उम्मेदवार कास्कीका रश्मी आचार्यले ३७६ मत प्राप्त गर्दा दवाडीले ५२० मत पाउँदै जीत हात पारेका हुन् । दवाडी पृथ्वीसुब्बा निकट हुन् । क्याम्प चेञ्ज गरी खगराज समूहमा पुगेका रश्मी १४४ मतले पछि परे । अखिल पृष्ठभूमिका युवा नेता रश्मीले जित्ने आँकलन गरेपनि प्रतिनिधिहरूले गुटीय कित्ताकाट बनेरै मत दिएको प्राप्त परिणामले देखाएको छ । कास्कीका प्रतिनिधि धेरै भएकाले पनि उनले जित्ने अनुमान थियो ।
उपसचिवमा कास्कीका दामबहादुर विक ४९९ मतका साथ विजयी भए । म्याग्दीका सन्तोष रावल ३९७ मतमा समेटिए । विक पृथ्वीसुब्बा र रावल खगराज निकट हुन् ।
उपसचिव महिलामा निवर्तमान उपसचिव रहेकी मञ्जु अधिकारीले नै जीत हाँसिल गरिन् । पृथ्वीसुब्बा पक्षीय पर्वतकी मञ्जुले ५३१ मत प्राप्त गर्दा खगराज पक्षीय कास्कीकी मीना गुरुङले ३६५ मत पाइन् ।
अधिवेशन असोज १५ गतेदेखि सुरु भएको थियो । चौथो दिन विहीबार मध्यान्ह ११ः५५ बजेदेखि सुरु भएको मतदान साढे ५ बजेसम्म चल्ने तालिका सार्वजनिक भएपनि ४ घण्टा बढी समयसम्म चल्यो । १० जना अनुपस्थित रहे । बागलुङका २ जना र मनाङका ८ जना प्रतिनिधि अनुपस्थित रहेको बताइन्छ ।

कसले कति मत प्राप्त गरे ?

सम्बन्धित खबर
दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण
२४५ जनाको मधुमेह र टिजी जाँच
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ