लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट बैठक पर्यटकीय नगरी पोखरामा हुने भएको छ ।
लायन्स क्लब अफ पोखरा आर्दशको आयोजनामा यही असोज २६ र २७ गते विभिन्न जिल्लाका लायन्स क्लबको सहभागितामा बैठक हुन लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
काठमाण्डौं, पर्वत, म्याग्दी,लमजुङ, गोर्खा लगायतका क्षेत्रवाट करिब १ हजार लायन सदस्यको सहभागिता रहने क्लबका संस्थापक अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक नविन भण्डारीले जानकारी दिए । दुई दिनसम्म हुने कार्यक्रममा २६ गते क्याबिनेट पदाधिकारीको बैठक र २७ गते लायन्स तथा लियो सदस्य सम्मिलित कार्यक्रम हुने तय भएको छ ।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गर्भनर चन्द्र कुमार केसीको अध्यक्षतामा हुने कार्यक्रममा पोखराको मौलिक संस्कृति झल्कने सारङ्गीको धुन र लक्ष्य ब्याण्डको सांगीतिक प्रस्तुति राखिने भण्डारीले बताए ।
कार्यक्रमलाई व्यवस्थित गर्न संस्थापक अध्यक्ष नविन भण्डारीको संयोजकत्वमा विभिन्न ११ वटा उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
जस अनुसार स्मारिका प्रकाशन उपसमितिमा गोविन्द चापागाई, मञ्च व्यवस्थापनमा बुद्धि बहादुर खत्री, प्रचार तथा सूचनामा दिनेश भण्डारी, खाना, खाजा र अतिथि व्यवस्थापनमा संजय कुमार अधिकारी, रजिष्टेशनमा कृष्ण गुरुङ, अर्थ व्यवस्थापनमा दिल ब.थापा, स्वागत, सत्कारमा शोभा बानिया, खानेपानी तथा पार्किङ्गमा गणेश बस्नेत, स्वास्थ्य तथा प्राथमिक सेवामा रमेश थापा, सचिवालय व्यवस्थापनमा मिलन केसी र किट व्याग व्यवस्थापनमा भोज ब. केसी रहेका छन् ।
पत्रकार सममेलनमा वोल्दै पुर्व अध्यक्ष सुरेन्द्रमान सिंह भण्डारीले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले कार्यक्रम सबै लायन्सको भएकाले यसको सफलताको लागि सहयोग गर्न आग्रह गरे ।
संयोजक भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन प्रचार संयोजक दिनेश भण्डारीले गरेका थिए । क्लबले सामाजिक कार्यका साथै मानविय सेवा र स्वास्थ्य लगायतका क्षेत्रमा सेवाका कामहरु गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो